वीरगंज, २३ फागुन ।
वीरगंजमा दोस्रो वीरगंज च्याम्पियन टि–२० लिग क्रिकेट टुनामेन्ट प्रतियोगिता हुने भएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवनमा आज आयोजक युनाईटेड क्रिकेट क्लब वीरगंजले पत्रकार सम्मेलनको आयोजनामा गर्दै चैत १८ गते देखी प्रतियोगिता हुने जनाएको छ ।
आयोजकका अनुसार १५ लाखको लागतमा हुने प्रतियोगितामा नेपाल र भारतका ८ वटा क्रिकेट टिम सहभागि हुने छन । प्रतियोगितामा वीरगंज युनाइटेड, काठमाण्डौ, विराटनगर, मकवानपुर, जनकपुर, कलकता, पटना, वेतिया क्रिकेट टिमको सहभागिता रहने आयोक क्लबका सचिव घन्सयाम बाबु गुप्ताले वताए ।
नारायणी रंगशाला वीरगंजमा हुने प्रतियोगिताको विजेतालाई रु ५५ हजार ५ सय ५५ र उप विजेतालाई रु ३० हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता चैत २५ गते सम्म चल्ने छ ।
युनाईटेड क्रिकेट क्लबका अध्यक्ष हासिम हवारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा क्लबका संयोजक परफुल सागर, उपाध्यक्ष मुर्तुजा हवारी, कोषाध्यक्ष मुस्तुफा हवारी, सदस्य जहुर अंसारी कलामुदिन अंसारी, बाबुजान अंसारी, सरज पटेल, राजुल हवारी, हासिम अंसारी, जैलालुदिन अंसारी लगायतकाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया