बारामा आक्रोशित विद्यार्थीको प्रदर्शन, स्थिति तनावग्रस्त
बारा । प्रदेश २ मा एसईई परीक्षा स्थगित भएको विरोधमा बाराको जितपुरमा
विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् । आक्रोसित विद्यार्थीको प्रदर्शन
नियन्त्रण बाहिर गएको छ । विद्यार्थीले इलाका प्रहरी कार्यालय जितपुरको
कार्यालयलाई घेरा हाली ढुंगमुढा गरिरहेका छन् ।
प्रदर्शनकारी विद्यार्थीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै
हवाई फायरसमेत गरेको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिने प्रहरीले एक
दर्जनभन्दा बढी अश्रुग्यास प्रहर गरेको छ भने दर्जनभन्दा बढी हवाई फायर
समेत गरेको छ । आक्रोसित विद्यार्थीहरुले प्रहरीको एक भ्यानमा आगो
लगाइदिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
एसईई परीक्षा स्थगित भएको विरोधमा शनिबार बिहान विद्यार्थीहरु सडक
अवरुद्ध गरी प्रदर्शनमा उत्रिएका बेला प्रहरीले हस्तक्षेप गरेपछि स्थिति
तनावग्रस्त बनेको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुले प्रहरीले
अवोरोध हटाउने बहानामा विद्यार्थीहरु माथि हातपात गरेको, छात्रहरुलाई
दुर्ब्यबहार गरेको आरोप लगाएका छन् ।
झडपका क्रममा आधा दर्जन जति विद्यार्थी र केहि प्रहरीसमेत घाइते भएका छन् ।

प्रतिक्रिया