बारा : बाराको मालपोत कार्यालयका लेखा अधिकृत कार्यकक्षवाट २४ लाख रुपैया सहित पक्राउ परेका छन । लेखा अधिकृत युगल किशोर ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडास्थित कार्यालयको टोलीले २४ लाख ९२ हजार रुपैया सहित नियन्त्रणमा लिएको हो ।
उनको कार्यकक्षमा सो रकम कुन प्रयोजनले राखिएको थियो भन्ने खुलेको छैन । बरामद भएको रकमका वारेमा अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया