वीरगंज, २७ फागुन । 'जनता अवास कार्यक्रम' दलित, विपन्न परिवार, सीमान्तकृत समुदायलाई लक्षित गरी आर्थिक वर्ष ०६६/६७ बाट लागु गरिएको योजना हो । त्यसका लागि २०७२र७३ मा सरकारले बजेट विनियोजन गरेको थियो ।
पर्सा जिल्लामा १ हजार घर बनाउने लक्ष्य राखेर आवेदन माग गरिएकोमा हजारौंले निवेदन दिएका थिए । पाँचवटा निर्वाचन क्षेत्र रहेको त्यसवखत प्रति निर्वाचन क्षेत्र २र२ सयका दरले घर निर्माण गर्ने गरी काम शुरू गरिएको थियो ।
पक्की घर निर्माण हुने आशामा भएको पुरानो घर भत्काएका गरीब विपन्नको अहिलेसम्म विचल्ली नै छ ।
शहरी विकास तथा भवन कार्यालय वीरगञ्जले पछिल्लो समयमा गरेको अध्ययनका क्रममा कार्यक्रम सञ्चालन भएको तीन वर्ष वितिसक्दा पर्सामा ८० वटा मात्रै घर पूर्ण रूपमा बनेको पाइएको छ ।
पाँच सय भन्दा बढी घर छाना हालिएको भएपनि चर्पी नबनेको, झ्याल, ढोका नहालेको अवस्थामा छ भने २ सय ८५ घरधुरीमा छाना छाउने तयारी भइरहेको छ ।
८५ मा डीपीसीको काम सकिएको पाइएको छ । केही घरधुरीको अवस्थाको वारेमा अनुगमन मूल्याÍन प्रतिवेदन नआइसकेको कार्यालयले जनाएको छ ।
शहरी विकास तथा भवन कार्यालय, वीरगञ्जका प्रमुख इन्जिनियर सरोज गोइतले असारपछि जनता आवासको कुनै काम हुन नसकेको जानकारी दिए । प्रगतिअनुसार भुक्तानी दिंदै कार्यक्रमलाई निरन्तरता दिने तयारी भइरहेको उनले बताए ।
कार्यालयका इन्जिनियर सञ्जीवकुमार साहले जनता आवास कार्यक्रमको पछिल्लो अवस्था बुझ्नका लागि पर्सामा सर्भे सकिएको जानकारी दिए ।
प्रतिक्रिया