सिमरा : यसबर्षको एसईई परिक्षामा बाराबाट ७ हजार ९ सय ५६ परिक्षार्थी सामेल हुनेभएका छन् ।
आगामी चैत १० गतेदेखी सञ्चालन हुने एसईई परिक्षमा यस जिल्लाबाट ७ हजार ९ सय ५६ परिक्षार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय बाराले जनाएको छ ।
जसमध्ये नियमित तर्फ ७ हजार ३ सय र आंशिक तर्फ ४ सय ६७ बिद्यार्थी रहेको प्रमुख जिल्ला शिक्षा अधिकारी नगेन्द्र राज पौडेलले राजकारी दिए ।
त्यस्तै एसईई परिक्षमा प्राबिधिकतर्फ १८९ बिद्यार्थी सहभागी हुने.उनले जानकारी दिए । पौडेलका अनुसार जिल्लाभरी ३१ वटा केन्द्र तोकिएको छ । परिक्षाका लागी केहि दिनमै अधीक्षक 'सुपरिटेन्डेन्ट' तोकिने उनले बताए । यस बर्ष चैत १० गते आइतबारबाट सुरु हुने परीक्षा २१ गते बिहीबारसम्म चल्नेछ । चैत १० गते अनिवार्य अंग्रेजी बिषयको परीक्षा छ ।
यसैबिच यस वर्ष माध्यमिक शिक्षा परिषद् (एसईई) को व्यवस्थापन प्रदेशले गर्नेछ । शिक्षा ऐन आठौँ (संशोाधन)ले गरेको व्यवस्थाबमोजिम एसईई व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिइएकाले यसबर्षको परिक्षाको प्रश्नपत्र प्रदेशपिच्छे फरक–फरक हुनेछ ।
प्रतिक्रिया