वीरगंज, १७ चैत । नारायणी अस्पतालका डाक्टर सचिताननद यादवको कुटाइबाट मृत्यु वरण गरेकी सुनीतादेवीको दाह सँस्कार गरिएको छ। सुनिताको आज आइतवार बिहान बाराको माइती घर बहुवरीबाट दुघौरा नदीमा हिन्दु परम्परा अनुसार दाह सँस्कार गरिएको छ।
डाक्टर सचिताननद यादवको कुटाइबाट गम्भीर घाइते बनेकी सुनिताको काठमाडौंको शिक्षण अस्पतालमा शुक्रवार मृत्यु भएको थियो। सुनितादेवीको मृत्युबाट माइती पक्ष आन्दोलित बनेको छ। दोषीलाई कारबाई गर्नुपर्ने मागसहित शनिवार सचेत नागरिक वीरगंजको अगुवाइमा उनीहरूले प्रदर्शन गरेका थिए।
सुनीताका दाजु जयप्रकाश यादवले सुख हुन्छ भन्ने सोचेर डाक्टर बर खोजेर बिहे गरिदिएको बताए। दाइजोमा साढे १२ लाख नगद र गरगहना दिएका थियौं',उनले भने, 'तर, उसले दाइजोकै निहुँमा मेरी बहिनीको हत्या गर्रुयो।'
त्यस्तै पीडित परिवारलाई पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई र प्रउ रेवती ढकाल दोषीलाई कानुनको दायरामाल्याई कडा कारबाई गर्ने आश्वासन दिएका छन।
प्रतिक्रिया