वीरगन्ज २७ माघ
अखिल विश्व गायत्री परिवारका संस्थापक पुज्यं गुरुदेव पंडीत श्रीराम शर्मा आर्चाय आध्यात्मीक जन्म दिन धुमधामका साथ मनाईएको छ । गायत्री परिवार, वेदमाता गायत्री शक्ति पीठ वीरगन्जले आईतबार वसन्त पञ्चमीको उपलक्ष्यमा पुज्यं गुरुदेव आर्चायको ५ कुंडीय गायत्री यज्ञ र अखंड जपको आयोजना गरी जन्मदिन मनाईएको हो ।
आजै माता सरस्वतीको अवतरण र पुज्यं गुरु जीको जन्मदिन परेको हुनाले गायत्री परिवारको लागि महत्वकै दिन मानिएको छ । गायत्री परिवारले आजको दिन देखि आफनो यो एक बर्ष भरीका गरिएको योजनाहरु घोषणा गरी अघि बढने गरेका छौ, गायत्री परिवारका कार्यकर्ता डिपी सिंहले बताए ।
५ कुंडीय गायत्री यज्ञ र अखंड जपमा शान्तिकुन्च हरिद्धार भारतबाट आएकी ब्रम्हावारणी श्यामा राठौरको नेतृत्वमा आएको टोलीले वीरगन्जमा हुन गईरहेको अश्वमेध गायत्री महायज्ञलाई सफल बनाउन श्रद्धा, समर्पण भई समय दान दिन सके सच्चा श्रद्धान्जली पुज्य गुरुदेव जीको लागि हुने बताए । उनले गायत्री यज्ञ धार्मिक मात्र होइन वैज्ञानिक अध्यात्मिक महायज्ञ हो, यसले समग्र देश समाजको सुख, शान्ति र समृद्धिलाई बृद्धि गराउने उदेश्यका साथ गरिने विशेष आध्यात्मिक प्रयोग हो जुन महायज्ञले देशको वातावरणलाई सूक्ष्म रुपमा शुद्ध पार्न मद्दत गर्छ ।
सामुहिक रुपमा जन जागरण गरेर निदाएर बसेका प्रतिभालाई जगाउन र जागृत प्रतिभालाई सभ्यता संस्कृतिको उत्थानमा नियोजन गर्नका लागि अश्वमेध एउटा सशक्त माध्यम पनि रहेकोले यसलाई सफल बनाउन तनमन संग लाग्न सवैमा अपिल समेत उनले गरे । कार्यक्रममा शान्तिकुन्च प्रतिनिधी डिपी सिंह, शिवनाथ पटेल, धमेन्द्र गुप्ता, महासचिव छोटेलाल जि, महिला नेतृ संध्या ठाकुर लगायतको ५ कुंडीय हवनमा सहभागिता रहेको थियो ।
प्रतिक्रिया