वीरगंज ८ फागुन । नेपाली कांग्रेसका सभापती तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले लगानी मैत्री वतावरण वनाउँन नसकेको कारण उद्योग धन्दाको विकास हुन नसकेको वताउनु भएको छ । वीरगंजको आदर्श नगरमा अवस्थित होटल दियालोको बुधवार उदघाटन गर्दै देउवाले नेपाली काग्रेस प्रजातन्त्रको रक्षाको लागि कहिले पछाडी नसरेको वताउदै वर्तमान अवस्थामा चारै तिरबाट प्रजातन्त्र माथी हमलाहरू भईदा नेपाली काग्रेसको कारण नै प्रजातन्त्र वाचेको दावी गर्नु भयो । 'संघीय र प्रदेश दुवै सरकारमा फोरम नेपाल छ, सत्ताको स्वाद उहाँहरूले लिइरहनु भएको छ', मुख्यमन्त्री राउतको अभिव्याक्ति लक्षित गर्दै देउवाले भने, 'सरकारले राम्रा काम गर्न सकेको छैन तर सत्तारूढ दलहरू कांग्रेसले यो गरेन त्यो गरेन भनेर गाली गर्न व्यस्त छन् ।' दुईतिहाइको सरकारको दम्भ र अधिनायकवादका कारण मुलुकको लोकतन्त्र खतरामा परेको आरोप पनि उनले लगाए । 'प्राजतन्त्र र लोकतन्त्रका लागि कांग्रेस २००७ सालदेखि नै लड्दै आएको छ', खतरामा परेको लोकतन्त्र जोगाउन जस्तोसुकै संघर्षका लागि कांग्रेस तयार रहेको बताउँदै देउवाले भने, 'लोकतन्त्र र प्रजातन्त्र कांग्रेसका लागि जीवनमरणको सवाल हो, त्यसैले लोकतन्त्रमाथि कहीँ कतैबाट हस्तक्षेप वा आक्रमण भए हामी चुप लागेर बस्न सक्दैनौँ ।' त्यसअघि उदघाटन कार्यक्रममा बोल्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसलाई आफना गल्ती कमजोरी सुधार्न सुझाव दिएका थिए । 'कांग्रेसले चाह्यो भने यो मुलुक समृद्ध बन्नबाट कुनै शक्तिले रोक्न सक्दैन', उनले भने,'तर कांग्रेसले विगतका गल्ती र कमजोरी सुधार्नुपर्छ ।' देशको सत्ता सम्हालेकाले आफनो रवैया नसुधारे मुलुक फेरि द्वन्द्वमा फस्ने निश्चित रहेको पनि मुख्यमन्त्री राउतले बाए । 'आफुलाई देशको ठेकेदार ठान्नेले संविधान कार्यान्वयनमा बेइमानी गरिरहेका छन', उनले भने,'उनीहरूको रवैया यस्तै रहयो भने मुलुक फेरि ठूलो द्वन्द्वमा फस्ने निश्चित छ ।' प्रदेश २ को विकास र समृद्धिका मुख्य तीन आधार उद्योग–व्यपार, कृषि र पर्यटन रहेको भन्दै मुख्यमन्त्री राउतले थपे, 'यदि यी तीना क्षेत्रको उचित व्यवस्थापन गरेर लगानीकर्ता आकर्षित गर्न सकियो भने प्रदेश २ मुलुककै नम्बर १ प्रदेश बन्न सक्छ ।' उदघाटन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्धी, पुर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, पूर्वमन्त्रीहरू फर्मुल्लाह मन्सुर, एनपी साउद, सुरेन्द्र चौधरी र अजय चौरसिया उपस्थित थिए । त्यसैगरी सांसदहरू प्रदीप गिरी, विनोद चौधरी र उमेश श्रेष्ठ तथा कांग्रेस केन्द्रीय सदस्य रमेश रिजाल लगायत उपस्थित थिए ।
आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$show=home
ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस
एउटा लाइक गरेर मनोबल बढाउनुहोस्
[आजका पाठकहरु]
Search Bar
Facebook Likes$type=social_counter
MAIN QUOTE$quote=Steve Jobs

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.
[साताको खबर]$type=one
-
If you do not have one million dollars in your pocket, you might find reading what I have to say worth a moment of your time. I'...
-
'एमाले प्रतिगमनतर्फको षड्यन्त्रमा' विघटनकर्ता एमाले नै भएको प्रमाणित माओवादी बैठ...
-
How To Get Many Back Links To Your Site With Articles Marketing 1630 One of the most effective and powerful methods to promote your web si...
/fa-clock-o/ लोकप्रिय$type=list
-
How To Get Many Back Links To Your Site With Articles Marketing 1630 One of the most effective and powerful methods to promote your web si...
-
There's no getting around the fact that our bodies age. For men, as we get closer to the middle age mark, natural testosterone product...
ब्रह्मास्त्र दैनिक
हाम्रो बारेमा
प्रकाशक/सम्पादक
मनोरंजन यादव
कार्यालय
सम्पर्क फोन नं. ०५१–५२४९६९, ९८४५०२२१११
email:brahmastr@gmail.com
www.brahmastr.com.np
मुद्रक ः–पौडेल अफसेट प्रेस माईस्थान, वीरगंज
प्रतिक्रिया