वीरगंज, ९ माघ ।
वीरगंजमा बिहीवार राती एक जना युवक माथी खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारले वीरगंज १५, भिस्वा निवासी २७ वार्षिय अनुप सिनह घाइते भएका छन । घाइते सिनहको उपचार नेशनल मेडिकल क्लेज वीरगंजमा भईरहेको छ ।
खुकुरी प्रहार गर्ने अशंकामा २ जनालाई प्रहरीले पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा वीरगंज लक्षमनवा निवासी ननद्न भनिने आकाश सिंह राजपुत र विराट झा रहेका छन ।
दुई समुह विच भिस्वामा झडप भएको जानकारीमा आएको र सोही क्रममा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक आन्नत राज शर्माले वताए । पर्सा प्रहरीका प्रवक्ता समेत रहेका शर्माका अनुसार पक्राउ पर्ने २ जनाको साथबाट खुकुरी समेत बरामद भएको छ ।
झडप किन र के कारणले भयो अहिले रातीको समय रहेकोले भन्न नसकिने र अनुसन्धान भईरहेको शर्माले जानकारी गराए । घाइतेको पिठ्यु"मा कटेको छ ।
प्रतिक्रिया