Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

माटोको अभावमा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित

SHARE: 520

वीरगञ्ज, २४ माघ : नजिकिँदै गएको सरस्वती पूजाका लागि मूर्ति बनाउन माटोको अभाव हुँदा पर्साको पोखरिया नगरपालिका–९ का कालिगड शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएपछि चिन्तित देखिनुभएको छ ।

विगत चार वर्षदेखि मूर्ति बनाएर जीविकोपार्जन गर्दै आउनुभएका महतोले माग अत्यधिक भए पनि मूर्ति बनाउने माटोको अभावका कारण यसपालि सोचेजस्तो अत्यधिक मूर्ति बनाउन नसकिएको बताउनुभयो । "पर्याप्त माटोको समस्याले मागअनुसारको सरस्वतीको मूर्ति बनाउन नसकिएको हो", महतोले राससलाई भन्नुभयो– "एक त माटो पाइँदैन भने अर्कोतिर माटो पाए पनि जग्गाधनीले प्रतिट्र्याक्टर रु ३०० का दरले रकम लिने गरेकाले यसपालि थोरै मूर्ति बनाएको छर ।"

"विगत वर्षमा यो समयमा मूर्ति बनाएरै लाखाँै रुपैयाँ आम्दानी गरे पनि यसपालि भने गहुँको 'सिजन' भएकाले राम्रो र सोचेजस्तो माटो नपाउँदा यस्तो अवस्था आएको हो", परवानीपुरमा मूर्ति बनाइरहेका शिवलखन महतोको गुनासो छ ।

अहिले जिल्लाका विभिन्न ठाउँमा सडक छेउ, दलान, घरआँगनमा मूर्ति बनाउन कस्सिएका कालिगडको सङ्ख्या बढ्दै गएपछि यो व्यवसायले सोचेजस्तो आर्थिक लाभ दिन नसकेको जानकी टोलामा मूर्ति बनाइरहेका रमेश पण्डितले बताउनुभयो । वसन्तपञ्चमी आउँदै गर्दा सामुदायिक तथा निजी बोर्डिङ स्कूलको सङ्ख्या थपिए पनि मूर्ति बनाउने कालिडसमेत बढेकाले यो व्यवसायले पहिलेजस्तो आर्थिक लाभ दिन सकेको छैन ।

पुरानो पुस्ताले भावना र कलाको संयोजनमार्फत काँचो माटो र पराल मिसाई ईश्वरको आकृति दिएर व्यवसाय गर्दैआएकामा युवापुस्ता वैदेशिक रोजगारमा जाने होडबाजीले अहिले यो व्यवसाय पनि प्रभावित हुँदै गएको छ । अहिलेका युवा माटो पराल छुन घिनमान्ने भएकाले पनि यो व्यवसायप्रति युवापुस्ताको आकर्षण घट्न गएको हो ।

श्रीमद्भगवत्गीता अनुसार भगवान श्रीकृष्णको जिब्रोको अग्रभागबाट माता सरस्वतीको उत्पत्ति भएको हो । सरस्वतीको सेतो वर्ण जोतिर्मय ब्रह्माको प्रतीक मानिएकाले सरस्वती बिना यो जगत्मा कसैले विद्या प्राप्त गर्न सक्दैन । शास्त्रअनुसार माता सरस्वतीकै कृपाले कालिदास, महर्षि वाल्मिकी आदिलाई कविको उपाधि प्राप्त भएको हो ।

यही आइतबार श्रीपचञ्मी अर्थात् सरवस्ती पूजा पर्ने भएकाले शनिबारसम्म सबै मूर्ति बिक्नुपर्ने भए पनि विगत दुई दिनयता मौसमको खराबीले घाम उदाउन नसक्दा कालिगडलाई मूर्ति सुकाउन समस्या भएको छ । प्रविधिले विकास गर्दै गए पनि मूर्ति पूजाको आस्थामा भने कमी नआए पनि यो व्यवसायको भविष्य भने उज्ज्वल रहेको कालिगडको भनाइ छ । वर्षेनी विद्याकी देवी सरस्वतीको मूर्ति बनाउने अधिकांश कालिगड भने निरक्षर छन् तर कतिपय कालिगडले मूर्ति बनाउने व्यवसायबाट भएको आम्दानीले आफ्ना छोराछोरीको उज्ज्वल भविष्यका लागि पढाउने गर्दछन् ।

––– 

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: माटोको अभावमा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित
माटोको अभावमा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEio4Y6sdspJkwmgkL9GUqxvTg8HQ94rO_tU_IGRaPaztFzhufMQ8Z1w-mEYgScGflbonkjjWXC2ERkelm75nEVEz-GA1TTe7Pp8C6Btm5Qp9PcFwfk0yezbP41XdI8dA35VmOj6BEQrfheK/s320/gettyimages-906671146-612x612-771069.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEio4Y6sdspJkwmgkL9GUqxvTg8HQ94rO_tU_IGRaPaztFzhufMQ8Z1w-mEYgScGflbonkjjWXC2ERkelm75nEVEz-GA1TTe7Pp8C6Btm5Qp9PcFwfk0yezbP41XdI8dA35VmOj6BEQrfheK/s72-c/gettyimages-906671146-612x612-771069.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/02/blog-post_76.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/02/blog-post_76.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content