२o७५ फागुन १५ बुधबार
जनकपुर- धनुषाको ढल्केबरमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
दुर्घटनामा भारत मोतिहारीका २५ वर्षीय उदेश ठाकुरको घटनास्थलमै मृत्यु भएको छ भने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरकी शिवदेवी मण्डलको उपचारका लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइतेहरूको ढल्केबर लालगढरस्थित निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घाइतेमध्ये दुईलाई गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाइते र मृत्यु हुनेहरूमा बसका यात्रु छन्।
झापाको काँकरभिट्टाबाट गौरतर्फ गइरहेको ना५ख ४९६ नम्बरको मुनाल यातायात कम्पनीको बस र हेटौंडाबाट पूर्वतर्फ गइरहेको मालवाहक ना६ख ९४२९ नम्बरको ट्रक ढल्केवरस्थित ट्राफिक कार्यालयअगाडि मंगलबार मध्यरात ठोक्किएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए।
प्रतिक्रिया