वीरगंज, ८ फागुन । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई बाराको सिमरामा एक सय ५१ किलोको माला लगाएर स्वागत गरिएको छ। दियालो होटलको उदघाटन गर्न वीरगंज जाने क्रममा देउवालाई नेपाली कांग्रेस जीतपुरसिमरा नगर समितिले एक सय ५१ किलोको माला लगाएको हो।
नगर सभापति श्यामबाबु गुप्ताले सिमरास्थित पार्टी कार्यालयमा सभापति देउवालाई माला लगाएर स्वागत गरेका थिए।
सिमरा आएका देउवाले सञ्चारकर्मीसँग भने बोल्न मानेनन। सञ्चारकर्मीले प्रश्न राख्न खोज्दा देउवाले अहिले नबोल्ने भन्दै सञ्चारकर्मीलाई पन्छाएका थिए। यसअघि देउवालाई स्वागत गर्न सिमरा बिमानस्थलमा पूर्वमन्त्री फरमुल्ला मन्सुर, पूर्वसभासद राधेचन्द्र यादव, अजय चौरसिया, रमेश रिजाल, अजय द्धिवेदी, मधु शाहीसहित बारा र पर्साका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो। देउवालाई स्वागत गर्न कांग्रेस कार्यकर्ताबीच तछाडमछाड देखिन्थ्यो।
प्रतिक्रिया