Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

अश्वमेध गायत्री महायज्ञको तयारी ९० प्रतिशत पूरा

SHARE: 520

वीरगंज १५ फागुन
    वीरगंजमा हुन लागेको अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञ आयोजक समितिले बुधवार आर्दशनगर स्थित रगंशालामा पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको ९० प्रतिशत तयारी पुरा भएको जानकारी गराएको छ ।
    पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक एव वीरगंज महानगरपालिकाको मेयर विजय कुमार सरावगीले महायज्ञको तयारी अन्तिम चरणमा  पुगेको बताउदै यज्ञको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने सुनिश्चित भइसकेको  जानकारी गराउनु भयो ।
    उहाले  १९ गते महायज्ञको उदघाटन राष्ट्रपति भण्डारीले गर्ने र यज्ञको समापन २२ गते प्रधानमन्त्री केपी ओली शर्माले गर्ने बताउनु भयो । राष्ट्रपति भण्डारीले उदघाटन कार्यक्रमको  पहिलो चरणमा झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गर्ने र त्यसपछि युग निर्माणको लागी बनाईएको प्रदर्शनीको उदघाटन गर्नु हुने कार्यक्रम रहेको बताउनु भयो । चार दिन सम्म हुने महायज्ञमा प्रत्येक दिन भिआईपीहरूको सहभागिता  रहने महायज्ञ समितिले पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
    २० गतेदेखि शुरू हुने यज्ञहवनमा ७५३ जना मुख्य जजमानहरूले पुजा गर्ने छन, भने हरेक पाटकमा ३ हजार भक्तजनले पनि यज्ञमा सहभागिता जनाउदै गायत्री विधिअनुसार होम तथा पुजापाठ गर्न  सक्छन, मेयर सरावगीले भने, करिब ६० हजारले महायज्ञमा हवन गर्ने व्यवस्था मिलाइएको छ । दर्ता नगराएका भक्तजनहरूलाई हवन पछि सर्वसाधारणको लाइनमा बसेर पुजा तथा  हवन गर्न पाईने छन । महायज्ञमा हुने अपार सहभागीतालाई मध्यनजर गर्दै सुरक्षाको दृष्टिकोणले अन्यबिदाहरूमा मिलान हुने गरी महायज्ञ अवधिभरी वीरगंजका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालयहरूमा सार्वजनिक विदा दिईएको छ । प्रत्येक वर्षमा दिइने ९ दिने जाडो विदामा कटौती गरेर ४ दिन महायज्ञ अवधिभर सार्वजनिक विदा दिने व्यवस्था मिलाइएको उहाको भनाइ रहेको थियो
     यज्ञ अवधिभर नगरक्षेत्रमा माछा, मासु तथा मदिरा विक्री वितरणमा पनि प्रतिबन्ध लगाईएको छ, धार्मिक यज्ञ भएकोले महानगरमा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको समन्वमा नगरक्षेत्रमा संचालित माछा,मासु तथा मदिरा विक्री वितरण गर्ने सम्पूर्ण पसलहरू पूर्ण रूपमा बन्द गरिने छ, अटेरी गर्नेलाई स्थानीय सरकारको कानुन बमोजिम  कारबाई समेत गरिने मेयर सरावगीले बताउनु भयो ।
    सुरक्षाको दृष्टीले नगर क्षेत्रमा जिल्लाको सुरक्षाकर्मी बाहेक थप ६ सय सुरक्षाकर्मी बाहिर जिल्लाबाट मनाईएको छ। महायज्ञ स्थल वरिपरी पनि निजि सुरक्षाकर्मी पनि व्यापक रूपमा खटाईने, मेयर सरावगीले पत्रकारसम्मेलनमा बताउनु भयो । यज्ञस्थलको सुरक्षा जिम्मेवारी लिएको सेक्युरिटी कम्पनी जि फोर्सले सुरक्षा शर्तकता अपनाउदै प्राविधियुक्त ३ सय ६० डिग्रीमा घुम्ने सिसी क्यामरा समेत जडान गरेको छ । यसले गर्दा यज्ञ वरिपरीको हरेक गतिविधि सुक्ष्मरूपमा नियाल्न सक्ने व्यवस्था समेत मिलाइएको छ । यज्ञमा सहभागि हुने क्षमताभन्दा बढी मानिस सहभागि हुन खोजे प्रविधियुक्त जडान गरिएको क्यामराको माध्यमले अटोम्याटिक भित्र प्रवेष गर्ने मेन गेट आफै बन्द हुने छ, र बाहिर जानको लागि बाहिने गेट खुल्ला रहि रहने छ ।
    महानगरको ३० लाखको भौतिक निर्माण सहयोगमा करिब २ करोडको लागतमा महायज्ञको निर्माण गर्न लागिएको छ, यज्ञमा ४० देशका करिब ६ देखि ७ लाख पाहुनाहरूको सहभागिता हुने अनुमान आयोजक समितिले गरेको छ । यज्ञमा सहभागि हुनेको खानाको व्यवस्था र भिआईपीहरूको सेवा सतकार सम्पूर्ण तयारी भईसकेको आयोजक समितिका सह संयोजक अशोक बैद्यले पत्रकार सम्मेलनमा जानकारी गराएका छन । उनले यज्ञका सहभागि हुने आगन्तुहरूको खानाको लागि बाल मन्दिर परिसरमा व्यवस्था मिलाईएको छ ।
    पाहुनाहरूको वा“स व्यवस्थापनको जिम्मा पाएका समाजिक अभियन्ता ओम प्रकाश सर्राफले यज्ञमा सहभागि हुन आएका बाहिरका पाहुनाहरूको लागि वा“स व्यवस्थापन पुरा भएको जानकारी गराए । वीरगंजको ठाराबको गल्र्स होसटेल, घण्टाघर नजिकै रहेको विपी उद्यानको जग्गामा पण्डाल निर्माणको कार्य तिव्ररूपमा भईरहेको छ उनले भने, नगरको हरेक धर्मशाला, होटलहरू बुक गरीसकेका छौ, बाकी रहेको कामहरू एकदुई दिनभित्र सम्पूर्ण तयारी पुरा गर्छाै ।
    पाहुनाहरूको सेवा सतकारको लागि स्थानीय ५ हजार युवाहरू स्वयसेवकको रूपमा परिचालन गरिएको छ ।  पत्रकार सम्मेलनमा समितिका महासचिव छोटेलाल प्रसादले भारतको गुजरात, महाराष्ट्र, राजस्थान, विहार, युपि लगायतको राज्यबाट करिब साढे सात सय गायत्री परिवारका सदस्यहरू आईपुगेका छन भने अरू आउने क्रममा जारी रहेको छ । उनले भने, दैनिक एक÷दुई सय जनाको दैनिक आउने क्रम जारीरहेको छ, सवैजना महायज्ञ तयारी पुजा गर्न जुटेका छन । पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्य ओम प्रकाश शर्मा, महायज्ञ सफल बनाउन गठित मिडिया कोडिनेर समितिका संयोजक महेश दासको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा सह संयोजक अनिल तिवारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: अश्वमेध गायत्री महायज्ञको तयारी ९० प्रतिशत पूरा
अश्वमेध गायत्री महायज्ञको तयारी ९० प्रतिशत पूरा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiMBmTpT-fKUrdQ4nlLVRoOYgrW9gn3iatXQ_JkyZym0Bm2gQyG5kMOG9JVca8BRUEiU4b2f2wJOdH-y187ifhNo4AW4esz2IVrl_ZRRa5RqJQ-61NSWqOPehzUyGlyDV9_C_IvknPl9oRq/s640/aswa.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiMBmTpT-fKUrdQ4nlLVRoOYgrW9gn3iatXQ_JkyZym0Bm2gQyG5kMOG9JVca8BRUEiU4b2f2wJOdH-y187ifhNo4AW4esz2IVrl_ZRRa5RqJQ-61NSWqOPehzUyGlyDV9_C_IvknPl9oRq/s72-c/aswa.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/02/blog-post_34.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/02/blog-post_34.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content