वीरगंज, १५ फागुन ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजले महाशिवरात्रिको अवसरमा आध्यात्मिक चारित्रिक एवं सामाजिक उत्थानका लागि विभिन्न कार्यक्रम गर्ने पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
कार्यक्रममा पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले विश्वस्तरमा फैलिएर रहेको ब्रह्माकुमारी संस्थाले विश्वमा शान्ति भाईचारा नैतिकता र सौहार्दता स्थापनाका लागि अत्यन्तै महŒवपूर्ण भुमिका खेलेको बताए । उनले यस कार्यमा पत्रकारको सहयोग रहने जानकारी गराए ।
कार्यक्रममा सर्व राष्ट्रिय दैनिकका पत्रकार महेश चन्द्र गौतम, युवराज खड्का तुलसी भण्डारी, रेडियो समग्र मधेशका निर्देशक श्याम गुप्तालगायतले मन्तव्य राखेका थिए ।
ब्रह्माकुमारी रविना दिदीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण ब्रह्माकुमार गोवद्र्धन चौधरीले गरेका थिए ।
कार्यक्रममा फागुन १६ गते बिहीबार, छपकैयामा रक्तदान, १८ गते मोटरसाइकल ¥याली, फागुन १९ गते अश्वमेध यज्ञको ¥यालीमा सेवा केन्द्रको चैतन्य झाँकी गर्ने, फागुन २० गते महाशिवरात्रिको आध्यात्मिक प्रवचन, मनमोहक चैतन्य झाँकी गर्ने यसैगरी पर्साका अलौं, धोरे, विरञ्चीबर्वा, ब्रह्मानगर(ठोरी), बाराका कलैया, जीतपुर, सिमरा, निजगढ, कोल्हवी, वरियारपूर, रोतहटका चन्द्रपूर, गौर तथा छिमेकी मुलुक भारतको रक्सौल, आदापूर, घोडासहन, वैरगनिया लगायतका विभिन्न सेवा केन्द्र, उपसेवा केन्द्र तथा ब्रह्माकुमारी पाठशालाहरुमा पनि कार्यक्रमहरुको आयोजना गरी भव्यताका साथ महोत्सव गर्ने जनाएको छ ।
प्रतिक्रिया