बरियारपुर, ७ फागुन ।
महागढीमाई नगरपालिका बरियारपुरका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले मुलुकमा प्रजातन्त्र आएपछि नेपाली जनताहरू स्वतन्त्र पुर्वक बाच्ने अधिकार पाएको बताउनु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस स्थानीय मुल समारोह समिति महागढीमाई नगरपालिका बरियारपुरले मंगलबार आयोजना गरेको प्रभात फेरी तथा सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले एक सय चार वर्षको जहानिय राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन सम्पुर्ण नेपाली जनताहरूको लागि खुशीको दनि भएको बताउनुभयो । वहांले नेपाली कांग्रेसको नेतृत्वमा २००७ सालमा प्रजातन्त्र नआएको भए मुलुकमा संघीय गणतन्त्र समेत आउने थिएन, बिकासको मुख्य आधार भनेकै प्रजातन्त्र हो । प्रजातन्त्र बिना मुलुकमा कानुनी शासन र बिकासको कल्पना समेत गर्न सकिदैन नगर प्रमुख यादवले भने जहानिया राणा शासनको अन्तय भई नेपाली जनताले निरंकुशतन्त्रबाट मुक्ती पाएको दिन हो ।
आजको दिनबाट नै हो नेपाली जनताले स्वतन्त्र पुर्वक बाँच्न पाउने अधिकार पाएको दिन हो । हामी, तपाईं अथवा जो सुकै नेपाली जनताले यसरी स्वतन्त्रपुर्व बाँच्न पाउने थिएनन, हामी स्वतन्त्र पुर्वक बोल्न पाउने थिएनौं, शीर ठाडो पारेर हिंडन सक्ने थिएनौ सबै प्रजातन्त्रको देन हो । उनले जनताको छोरा देशको सर्वोच्च स्थान राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मेयर, उपमेयर अथवा कुनै पनि ठूलो ओहोदामा पुग्ने थिएनन । प्रजातन्त्र नआएको भए हामी नेपालीहरू अझै दास भएर दासको जीवन बिताउनु पथ्र्यो नगर प्रमुख यादवले भने प्रजातन्त्र भनेकै जनताको शासन हो, कानुनी शासन हो । प्रजातन्त्र आएपछि मुलुकलाई स्मृद्धिको बाटो तर्फ उन्मुख गर्नको लागि नेपाली जनताहरूले २०६२/२०६३ मा जनआन्दोलनको योगदानको कारण राजालाई हटाईयो र मुलुकले निकाश पायो ।
मधेश आन्दोलन लगायत विभिन्न कालखण्डमा भएको आन्दोलनका कारण मधेशी, दलित, आदिवासी, जनजाती, महिला, मुस्लिम, पिछडावर्गले समावेशी रूपमा आफनो हक अधिकार पाएका छन । नेपाली कांग्रेसको नेतृत्वमा मुलुकमा नया संविधान जारी भयो जुन हरेक वर्ग तह, तप्काका नेपाली जनताहरूको हक अधिकार सुनिश्चित गरिएको नगर प्रमुख यादवले बताउनुभयो ।
महागढीमाई नगरपालिकाको कार्यालयबाट शुरू भएको प्रभात फेरी बरियारपुर बजार परिक्रमा गर्दै गढीमाई मन्दिर नजिक पुगी मन्दिरको परिसरको सरसफाई गरिएको थियो । प्रभात फेरी तथा सरसफाई कार्यक्रममा नगर उप प्रमुख तारा देवी कानु, प्रमुख प्रशाषकिय अधिकृत शालिकराम ढकाल, प्रमुख सल्लाहकार भैयाराम यादव, शिक्षक संघका अध्यक्ष परमहंश यादव, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारी, सामुदायिक तथा निजि विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय समाजसेवी, बुद्धिजिवि लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया