Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

पर्सामा ७ महिनामा २७ बलात्कार, अधिकांश बालिका

SHARE: 520


वीरगञ्ज : पर्सामा चालु आर्थिक वर्षको ७ महिनामा २७ वटा बलात्कारसम्बन्धी मुद्दा दर्ता भएका छन् । जसमा पीडित हुनेहरु अधिकांश २५ बर्ष भन्दा कम उमेरका महिला छन् ।

१६ बर्ष भन्दा कम उमेरका ३ जना, १६ देखि २५ बर्षसम्मका १२ जना, २६ देखि ३५ बर्षसम्मका ४ जना, ४६ देखि ६० वर्षसम्मका १ जना माथि बलात्कार भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गत आर्थिक वर्ष ०७४/७५ मा १६ बर्ष मुनिका ९ जना बालिका बलात्कृत भएका थिए । १६ देखि २५ वर्ष उमेरका ४ जना र २६ देखि ३५ बर्षसम्मका एक जना बलात्कृत भएका छन् । त्यस्तै ३६ देखि ४५ बर्षसम्म र ४६ देखि ६० वर्षसम्मका १/१ जना गरी जम्मा १६ वटा जर्बजस्ती करणीका घटना भएको प्रहरीको भनाइ छ ।

यीमध्ये थोरै घटना बाहेक अधिकांश घटनामा आरोपीलाई पक्राउ गरेर अनुसन्धान पक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

बालिकाहरु शारीरिक र मानसिक दुवै हिसाबले कमजोर हुने भएका कारण यौन जन्य कसुरको शिकार बन्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् । बालिका बलात्कारका घटनाको अनुसन्धानमा समेत कठिनाई हुने गरेको उनीहरुको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको मुद्धा शाखामा कार्यरत प्रहरी निरीक्षक ज्ञानकुमार महतो कमजोर हुने भएकोले नै बालिकालाई जर्बजस्ती करणीको शिकार बनाउने गरेको बताउँछन् । 'बालिकाहरु नाजुक अवस्थाका हुन्छन्, शारीरिक र मानसिक रुपमा कमजोर हुन्छन्, सजिलै फकाउन सकिन्छ भन्ने सोचेर नै उनीहरुले बालिकाहरुलाई फकाएर जर्बजस्ती करणी गरेको पाइन्छ,' उनले भने 'कम उमेरका बालिका यौन जन्य हिंसाको शिकार हुँदा डराएको अवस्थामा हुन्छन्, बोल्न गाह्रो मान्छन्, लाज मान्छन् । सत्य कुरा बाहिर नआउँदा अनुसन्धान र दोषीलाई कारबाहीमा ल्याउन पनि समस्या हुन्छ ।'

जिल्ला प्रहरी कार्यालय पर्सामा आएका जर्बजस्तीकरणी सम्बन्धी मुद्दाको तथ्यांकलाई केलाउँदा विवाहित महिलाको तुलनामा कम उमेरका बालिका र किशोरीहरुमाथि जर्बजस्ती करणी भएको घटना धेरै रहेको प्रहरीको भनाइ छ ।

घटना लुकाउन खोज्ने प्रवृत्ति अझै हाबी छ : प्रहरी उपरीक्षक ढकाल

२० वर्ष उमेर पुगेका महिला र पुरुषबीच सहमतिमा यौन सम्बन्ध हुने, तर परिवारले थाहा पाएपछि उजुरी दिन आउने, कतिपयले बार्गेनिङका लागि जर्बजस्तीकरणी जस्ता गम्भीर अरोप लगाउने समेत गरेको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकाल सकेसम्म स्थानीय स्तरमै मिलाउन खोज्ने र त्यसपछि ढिलो गरी प्रहरीकोमा आउँदा अनुसन्धानमा समस्या हुने गरेको बताउँछन् ।

त्यसैगरी खुल्ला सीमानाका कारणले पनि आरोपीहरु छिट्टै भागेर भारततिर गएर लुक्ने गरेको प्रहरी उपरीक्षक ढकाल बताउँछन् ।

 

के छ नयाँ मुलुकी ऐनमा सजाय सम्बन्धी व्यवस्था ?

भदौ १ गतेबाट लागु भएको मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद – १८ करणी सम्बन्धी कसूरमा करणी सम्वन्धी अपराधलाई गम्भीर अपराध मानी सजायँमा समेत वृद्धि गरिएको छ । उमेर, नाता र अवस्था हेरी सजायको मात्रा कायम गरिएको छ ।

उमेरको आधारमा हुने जबर्जस्तीकरणीमा समेत सजायँमा मुलुकी ऐनमा भन्दा वृद्धि गरिएको छ । १६ वर्षभन्दा कम उमेरकी बालिका भए १६ वर्षदेखि २० वर्षसम्म, १० वर्षदेखि माथि १४ वर्ष भन्दा कम उमेरकी बालिका भए १४ वर्ष देखि १६ वर्ष सम्म, १४ वर्षदेखि १६ वर्ष भन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म, १६ वर्षदेखि माथि १८ वर्ष भन्दा कम उमेरकी बालिका भए १० वर्षदेखि १२ वर्ष सम्म र १८ वर्ष भन्दा बढी उमेरकी महिला भए ७ वर्ष देखि १० वर्ष सम्मको कैद सजाय हुने व्यवस्था गरिएको छ ।

विगतमा १६ वर्ष भन्दा कम उमेरको लाई मात्र बालबालिकाको परिभाषाभित्र राखिएकोमा नयाँ कानूनमा १८ वर्ष भन्दा कम उमेरको बालबालिकालाई बालबालिका मानेको छ । तसर्थ १८ वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई बालिकाको मञ्जुरी लिएर करणी गरेको भए पनि जर्बजस्ती करणी गरेको मानी सजायँको भागिदार हुनुपर्नेछ ।

पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा ५ वर्षसम्म कैद सजायँको व्यवस्था गरिएको छ । कानुनको अनविज्ञता क्षम्य हुँदैन भने पनि अधिकांश नागरिकलाई यसबारेमा थाहा छैन ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: पर्सामा ७ महिनामा २७ बलात्कार, अधिकांश बालिका
पर्सामा ७ महिनामा २७ बलात्कार, अधिकांश बालिका
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjsyVALettswh2sq_2Tuq7mAqImAYpI5uV8tf82HCWgJE1939XqV1cFRYYVblGTkhgLQ2aON1ICUU6R4z_ITs480SZND9yVbksI0ZI5aYOASVEjLcOdHbb-Hl56hj8DbD4n7NrtWBi60F5W/s320/399391148eyr-3-766009.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjsyVALettswh2sq_2Tuq7mAqImAYpI5uV8tf82HCWgJE1939XqV1cFRYYVblGTkhgLQ2aON1ICUU6R4z_ITs480SZND9yVbksI0ZI5aYOASVEjLcOdHbb-Hl56hj8DbD4n7NrtWBi60F5W/s72-c/399391148eyr-3-766009.jpeg
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/02/blog-post_28.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/02/blog-post_28.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content