वीरगंज, १५ फागुन ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज सामुदायीक सेवा केन्द्र श्रीपुर र वडा प्रहरी कार्यालय श्रीपुरको संयोजन एवं माट्रिका आइ फाउण्डेशन वीरगंजको सहयोगमा वीरगंज– ११ मा निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ ।
शिविरमा चिकित्सक मनोरञ्जन यादवलगायतको टोलीले ३९० जनाको आँखा परिक्षण गर्दा १५ जनामा मोतियाविन्दु फेला परेको थियो । मोतियाबिन्दु फेला परेकाहरूको निःशुल्क शल्यकृया गरिने फाउन्डेशनका डा. महेश सिंह धामीले बताए ।
कार्यक्रममा वडाध्यक्ष प्रधुम्न सेढाइको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्मा, प्रनि चक्रबहादुर मल्ल, दीलिपराज कार्की, सामुदायिक सेवा केन्द्रका सचिव कुल नारायण प्रधानलगायतको सहभागिता थियो ।
प्रतिक्रिया