वीरगञ्ज । व्यापारीलाई धम्काई चन्दा असुली गर्नेलाई पक्राउ गरी बारा प्रहरीले ठुलो सफलता हात पारेको छ ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर १७ जैतापुरबाट प्रहरीले ब्यपारीलाई धम्काई रकम माग गरेको आरोपमा १८ वर्षीय सिद्धाथ चौधरीलाई पक्राउ गरिएको हो ।
चौधरीले स्थानिय ब्यपारी विरेन्द्र प्रसाद साहलाई फोन गरी रकम माग गरेका थिए । व्यापारी साहको जैतपुर स्थित खाद्य उद्योग परिसरमा रोकेर राखेको कलैया उपमहानगरपालिका वडा नम्वर २२ का कृष्ण सिंहको ना.१ त ५०७९ ट्याक्टरमा आगजनी गराइएको थियो ।
स्थानियहरुको सहयोगमा ट्याक्टरमा लागेको आगजनी नियन्त्रणमा लिन सफल भएको थियो । ९८६२०९९७७६ नम्वरको मोवाईलबाट व्यापारी साहलाई ट्याक्टरमा भएको आगजनी चेतावनी मात्र भएको धम्की आएको थियो ।
धम्कीपुर्ण फोनमा मोटो रकमको माग गरेको नदिए छोरोलाई मारिदिने धम्की आएपछि उनि प्रहरीमा उजुरी गरेका थिए ।
उजुरी पर्न साथ विगतको ईतिहास कोटयाउदै तुरुन्त प्रहरी परिचालन गरि चौधरीलाई समातेको प्रहरी उपरिक्षक सानुराम भटराईले बताएका छन् । व्यापारी साहको उजुरीमाथि सुक्ष्म अनुसन्धान गर्ने क्रममा व्यापारीलाई धम्काउन प्रयोग गरिएको सिम सहितको मोवाईलको सेटसहित चौधरीलाई पक्राउ गरिएको थियो ।
पक्राउ गरिएको चौधरीलाई अदालतबाट ५ दिनको म्याद थपगरि अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक भटराईले जानकारी गराएका छन् । उनीमाथि आगजनी र धम्कीसँग सम्बन्धित मुद्दा दायर गरिने प्रहरी उपरिक्षकले बताए ।
प्रतिक्रिया