२८ माघ, वीरगञ्ज । अण्डाको होलसेल पसलमा सोमबार बिहान भएको आगलागीमा झण्डै ८ लाखको क्षति भएको छ ।
वीरगञ्ज महानगरपालिका-८ स्थित घण्टाघर छेउको टाँगा स्टेशनमा रहेको दिपेन्द्र साहको घरमा आगलागी भएको हो ।
जस्ताको छानो भएको घरमा वीरगञ्ज-१ छप्कैयाका ईसराईल खानले अण्डाको होलसेल पसल सञ्चालन गर्दै आएका थिए ।
विद्युत सर्टभइ आगलागी भएको हुन सक्ने अनुमान गरेको छ । आगालगीबाट घरसमेत गरी ८ लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।
वीरगञ्ज महानगरपालिकाको दमकल, वडा प्रहरी कार्यालय बिर्ता, अस्थायी प्रहरी पोष्ट घण्टाघर र स्थानीय बासिन्दा मिलेर आगो नियन्त्रणमा लिएका थिए ।
प्रतिक्रिया