Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

स्थानीय तहले टेण्डरको सूचना लुकाएको निर्माण व्यवसायीको आरोप

SHARE: 520

२७ माघ, वीरगञ्ज । निर्माण व्यवसायीहरुले स्थानीय तहहरुले टेण्डरको सूचना लुकाएको आरोप लगाएका छन ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा निर्माण व्यवसायी संघ पर्साले स्थानीय तहले स्वच्छ प्रतिस्पर्धा हुन नदिन टेण्डरको सूचना लुकाउने गरेको बताएका हुन् । उनीहरुले केही निर्माण व्यवसायी र पत्रिका सञ्चालकको समेत मिलेमतो रहेको आरोप लगाएका छन् ।

टेन्डरको सूचना लुकाउँदा अपारदर्शिता बढेको संघले बताएको छ । स्थानीय तहका पदाधिकारीले कमिसनको लोभमा पत्रिका सञ्चालकलाई मोटो रकम दिएर टेन्डरको सूचना लुकाएको संघको दावी छ ।

निर्माण व्यवसायी संघ पर्साका अध्यक्ष रामकान्त चौरसियाले स्थानीय सरकार आएपछि गाउँबाटै काम पाउँछौं भन्ने सोचेको तर उल्टो भएको गुनासो गरे । 'स्थानीय सरकार आएपछि गाउँमै सरकार आयो, गाउँमै काम पाउँछौं भन्ने लागेको थियो' अध्यक्ष चौरसियाले भने 'तर त्यसको उल्टो भएको छ, पालिकाहरुले सूचना लुकाइरहेका छन् ।'

निर्माण व्यवसायी रमेश पाण्डेले स्थानीय तहमा आफ्नो मान्छे पाल्ने हिसाबले काम भइरहेको भन्दै विरोध जनाए । '०७४ पुस २९ गते सबै स्थानीय तहका प्रमुखहरुलाई बोलाएर छलफल गरेका थियौं, उहाँहरु सकारात्मक हुनुहुन्थ्यो' उनले भने 'तर अहिले छोटे राजा भइसकेका छन्, कानुन बनाएर विकास निर्माणका काम गर्नुपर्नेमा मान्छे पाल्ने हिसाबले भइरहेको छ ।'

उनले कामका लागि स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुपर्ने बताए । 'जुन ठेकेदारले कामको जिम्मा लिएर काम गर्दैन, कारबाही गर्नुपर्छ, हामी त्यसमा बाधक बन्दैनौं' पाण्डेले भने, 'टेन्डरको सूचना लुकाएर स्वस्थ प्रतिश्पर्धाबाट वञ्चित गर्ने, स्थलगत निरीक्षण नगरी स्टिमेट गर्ने जस्ता कार्यहरु बन्द हुनुपर्छ ।'

निर्माण व्यवसायी सुरेश प्रसाद साहले विगतमा टेन्डर भर्नका लागि निर्माण व्यवसायी संघको स्वीकृति लिनुपर्ने भए पनि हाल त्यसलाई हटाएकाले विकृति सुरु भएको दावी गरे ।

जगरनाथपुर गाउँपालिकाले माघ १० गते स्थानीय एउटा पत्रिकामा दुई करोड भन्दा बढीको योजनाको टेन्डर गरेर ठेकेदारसँगको मिलेमतोमा सूचना लुकाएको संघले आरोप लगाएको छ ।

जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाँले भने पत्रिकामा सार्वजनिक रुपमा सूचना प्रकाशन गरे पनि निवेदन नआएकाले ठेक्का स्थगित गरेको जानकारी दिए ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: स्थानीय तहले टेण्डरको सूचना लुकाएको निर्माण व्यवसायीको आरोप
स्थानीय तहले टेण्डरको सूचना लुकाएको निर्माण व्यवसायीको आरोप
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/02/blog-post_10.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/02/blog-post_10.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content