वीरगंज, ८ फागुन ।
वीरगन्ज महानगरपालिका नगरप्रमुख विजयकुमार सरावगीले कृषि व्यवसायलाइ अझ प्रभावकारी बनाउन कृषि बीउ व्यवसायीहरूलाई अनुरोध गर्नुभएको छ ।
नेपाल बीउ व्यवसायी संघ प्रदेश नम्बर २ दोश्रो वार्षिक साधारण सभाको उदघाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख सरावगीले सुहाउँदो माटो, हावा पानी अनुसार बीउले मात्र कृषकको अपेक्षा अनुसारको बाली उत्पादन हुने बताउनुभयो । उनले त्यसै अनुसारको बीउ बिक्रीले व्यवसाय क्षेत्र प्रभावकारी हुने बताउनु भयो ।
नगर प्रमुख सरावगीले नेपाल कृषिप्रधान मुलुक भएपनि राज्यको उदासिनताले यो क्षेत्र थलो पर्दै गएको बताउँदै महानगर भित्रको कृषिलाई प्रभावकारी बनाउन कृषि कर्मचारी, बीउ व्यवसायी र महानगरपालिकाले संयुक्त रूपमा सहकार्य गर्न आफु तैयार रहेको बताउनुभयो । प्रदेश अध्यक्ष सुनीलकुमार साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कृषि अनुसन्धान केन्द्र परवानीपुरका निर्देशक तुर्फेल अख्तर, बीउ व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष छोटेलाल साह,डा रामचन्द्र यादव ,डा कैलास प्रसाद फुर्तेल लगायतका व्यक्तिहरूले मधेसको कृषिको अवस्था र बिउ व्यवसायको चुनौती बारेमा धारणाहरू राख्नु भएको थियो ।
प्रतिक्रिया