हेटौंडा : अवैध लागुऔषध ओसारपसार गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ। प्रहरीले दुई स्थानबाट तीन जना भारतीयसहित एक नेपालीलाई अवैध लागुऔषध ओसारपासर गरिरहेको अवस्थामा पक्राउ गरेको हो। प्रहरीले सोमबार बिहान मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय बीआर २९ बी ४५८२ नम्बरको कारको पछाडि रहेको सिटमुनी फल्स बटम बनाई १८ पोकामा ४० किलो लागुऔषध गाँजा भारततर्फ लगिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरी टोलीले हेटौंडा ३ स्थित बसामाडीमा तीनजना भारतीयलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा विहार पूर्वी चम्पारण जिल्ला मोतिहारी ग्राम सुरहा ५ का २१ वर्षीय महमद एकरामोदिन, २३ वर्षीय जाबेद आलम र २१ वर्षीया शान्तिदेवी नुनीयाँलाई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिए। उनका अनुसार उक्त गाँजा मकवानपुरको पश्चिमी व्यापरिक केन्द्र मनहरीबाट लोड गरिएको बुझिएको छ। यसअघि पनि विभिन्न समयमा भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेर सिटमुनी फल्स बनाएर लागुऔषध गाँजा ओसारपसार हुने गरेको प्रहरी तथ्यांकमा उल्लेख छ। यसैगरी इलाका प्रहरी कार्यालय हेटौंडा ९ पशुपतिनगरबाट खटिएका प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा अबैध लागुऔषधसहित चितवन जिल्ला भरतपुर महानगरपालिका १८ का भुवनबस्तीका ३१ वर्षीय अर्जुन थापा मगरलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनको साथबाट एकहजार २०० वटा नाइट्रोभेट ट्याब्लेट, दुई बोतल कोरेक्स र ४५ क्याप्सुल स्पास्मो प्रोक्सिभन फेला पारेको छ। प्रहरीले चेकजाँचको क्रममा वीरगञ्जबाट हेटौंडा आउँदै गरेको ना. ७ ख ९९०३५ नम्बरको बसमा सवार रहेको अर्जुनको शरीर तलासी गर्दा उनले लगाएको ज्याकेटभित्र लुकाएर ल्याइएको अवस्था उक्त परिमाणमा लागुऔषध भेटिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले पछिल्लो समयमा पूर्वपश्चिम राजमार्गमा लागुऔषध नियन्त्रणका लागि विभिन्न स्थानमा दैनिक छड्के तथा नियमित सवारी चेकजाँच गरिरहेको छ।
आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
[आजका पाठकहरु]
Search Bar
Facebook Likes$type=social_counter
[साताको खबर]$type=one
-
If you do not have one million dollars in your pocket, you might find reading what I have to say worth a moment of your time. I'...
-
There's no getting around the fact that our bodies age. For men, as we get closer to the middle age mark, natural testosterone product...
-
How To Get Many Back Links To Your Site With Articles Marketing 1630 One of the most effective and powerful methods to promote your web si...
/fa-clock-o/ लोकप्रिय$type=list
-
There's no getting around the fact that our bodies age. For men, as we get closer to the middle age mark, natural testosterone product...
-
How To Get Many Back Links To Your Site With Articles Marketing 1630 One of the most effective and powerful methods to promote your web si...
ब्रह्मास्त्र दैनिक
हाम्रो बारेमा
प्रकाशक/सम्पादक
मनोरंजन यादव
कार्यालय
सम्पर्क फोन नं. ०५१–५२४९६९, ९८४५०२२१११
email:brahmastr@gmail.com
www.brahmastr.com.np
मुद्रक ः–पौडेल अफसेट प्रेस माईस्थान, वीरगंज
प्रतिक्रिया