माघ ३, शुक्रबार
आज ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजले प्रजापिता ब्रह्माकुमारी
ईश्वरीय विश्व विद्यालयका साकार संस्थापक तथा निराकार परमात्मा शिवका
साकार माध्यम प्रजापिता ब्रह्माबाबाले भौतिक देहबाट मुक्त भई सम्पूर्णता
प्राप्त गर्नुभएको ५० औं पुण्य स्मृति दिवश (१८ जनवरी) को पावन अवसर
पारेर विश्व शान्तिको कामना गर्दै मुख्य सञ्चालिका ब्रह्माकुमारी रविना
दिदीको सभाध्यक्षता गहन राजयोग साधना कार्यक्रम सु–सम्पन्न गरेको छ ।
पानशमा दिप प्रज्वलन गर्दै प्रमुख अतिथि पर्सा क्षे. न.(ख)का सभासद
प्रह्लाद गिरीले प्रजापिता ब्रह्माबाबाले परमात्माबाट प्राप्त सत्य
आध्यात्मिक ज्ञान र दिव्य शक्तिको आधारमा शान्ति प्रेम भाइचारा पवित्रता
र सम्पूर्ण अहिंसाले परिपूर्ण सुन्दर विश्व नव निर्माणका लागि गर्नुभएको
अथक प्रयास र अदम्य साहसलाई प्रेरणाको रुपमा ग्रहण गर्दै संयमित र
चरित्रवान जीवन व्यतित गर्नुपर्ने कुरा स्पष्ट पार्नुभयो । भने
ब्रह्माकुमारी रविना दिदीले उहाँको जीवनी सम्बन्धि महानताका बारेमा आफ्ना
अनुभवहरु व्यक्त गर्नुभएको थियो ।
सेवा केन्द्रद्वारा वीरगंजमा पहिलो पटक निर्मित प्रजापिता ब्रह्माबाबाको
समाधि स्थल(शान्ति स्तम्भ)को प्रतिक नमुनाको अनावरण गरिनुका साथै उहाँको
जीवन सम्बन्धि वृतचित्र समेत प्रदर्शन गरिएको उक्त कार्यक्रममा वीरगंज
महानगर पालिकाका मेयर विजय सरावगी, लक्ष्मी साहित्य समाजका अध्यक्ष तथा
सर्व राष्ट्रिय दैनिकका पत्रकार महेश चन्द्र गौतम, समाजसेवी मधु राणा,
जुगनु राज्य लक्ष्मी देवी शाह, प्रसिद्ध सामाजिक अभियन्ता प्रकाश थारु,
पत्रकार तुलसी भण्डारी, युवराज खड्का, रेडियो समग्र मधेसका प्रबन्ध
निर्देशक स्याम गुप्ता, ब्रह्माकुमार गोवद्र्धन, बह्माकुमार छोटेलाल,
ब्रह्माकुमार जीतेन्द्र लगायत वीरगंजका विभिन्न स्थानहरुबाट आएका राजयोगी
साधकहरु तथा विशिष्ठ व्यक्तित्वहरुले ब्रह्माबाबाको तस्वीरमा अबिर एवं
माला अपर्ण गरी उहाँले पथ प्रदर्शन गर्नुभएको महान् परमार्थको मार्ग मा
अग्रसर भई उहाँ समान आदर्श बन्ने दृढ प्रतिज्ञाका साथ भावपूर्ण
श्रद्धाञ्जली अपर्ण गरेका थिए ।
स्वागत मन्तव्य ब्रह्माकुमारी बेली दिदीले राखेकी थिईन भने कार्यक्रमको
सहजीकरण ब्रह्माकुमार गोकुल गुभाजूले गरेका थिए ।
ईश्वरीय सेवामा
ब्रह्माकुमार गोकुल गुभाजू
ब्रह्माकुमारी राजयोग सेवा
केन्द्र, वीरगंज

प्रतिक्रिया