जनकपुरधाम, पुस २९ । बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत प्रदेश सरकारले संचालन गरेको शिक्षा विमा कार्यक्रम सम्बन्धि अभिमुखीकरण कार्यक्रम विरगंज महानगरपालिकामा सम्पन्न भएको छ ।
माघ १ गते देखी जन्मिने छोरीलाई प्रदेश सरकारले शिक्षा विमा गर्ने भएपछि सो सम्बन्धमा स्थानीय सरोकारबलालाई जानकारी गराउने उदेश्यले अभिमुखि करण कार्यक्रम गरिएको हो ।
विरगंज महानगरका प्रमुख विजय सरावगीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा स्वच्छता अभियानका संयोजक सलाउद्दिन अहमदले कार्यक्रम बारे विस्तृत जानकारी गराउनु भएको थियो ।
हाललाई आठ वटै जिल्लाको एक एक पालिकामा संचालनमा ल्याइएको उक्त कार्यक्रमले महिला सशक्तिकरण, बालिका शिक्षा अनिवार्य, सुरक्षित मातृत्व सेवा, प्रजनन स्वास्थ्य सुरक्षा, लैििगक विभेदको अन्त, बालिका भ्रुण हत्या न्युनिकरणमा विशेष योगदान दिने विश्वास लिइएको छ ।
विमाको लागि अस्पताल वा स्वास्थ्य संस्थाले प्रदान गरेको प्रमाण पत्र, बालिकाको जन्मदर्ताको प्रमाणपत्र, आमा वा वुवाको नागरिकताको प्रमाण पत्र र सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ ।
सो विमा बापतको रकम बालिकाले २० वर्ष पुरा गरे पछि एक लाख रुपैया प्राप्त गर्ने छन । तर त्यसको लागि अनवरतमा रुपमा शिक्षा लिदै गरेको हुनु पर्ने, अविवाहित हुनु पर्ने कडा व्यवस्था गरिएको छ ।
बेटी पढाउ बेटी बचाउका संयोजक प्रियंका यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विरगंज महानगरका वडा नं. १ देखी १६ सम्मका वडा अध्यक्ष कार्यक्रमका सदस्यहरु पुष्पा पाण्डे, रेखा साह, विरगंज महानगरका शिक्षा इकाई प्रमुख अरविन्द लाल कर्ण सहितको उपस्थिति रहेको थियो ।
शिक्षा विमा योजना विरगंज महानगरका साथै वाराको सुवर्ण गा.पा, रौतहटको यमुना माइ नपा, सर्लाहीको पर्सा गा.पा., महोत्तरीको एकडारा गा.पा. धनुषाको कमला नपा, सिरहाको औरही गा.पा र सप्तरीको महाद्ेवा गा.पा.मा लागु गरिएको छ ।
प्रतिक्रिया