राम मण्डल
-बाराका बिभिन्न छोटी भन्सारबाट प्रतिबन्धित भारतीय कुखुरा र चल्लाहरुको तस्करी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले भारतबाट भित्र्याउन लागे २ लाख १ हजार ६ सय बराबरको प्रतिबन्धित कुखुराको चल्ला नष्ट गरेको छ।
जिल्ल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालमा ल्याउन लागिएको प्रतिबन्धित उक्त मुल्य बराबरको २ हजार ५ सय २० वटा कुखुराको चल्लाहरु बरामद गरेको हो।
प्रहरीले फेटा गाउँपालिका वडा नं.७ गम्हरिया टोलबाट उक्त प्रतिबन्धित भारतीय कुखुराको चल्ला बरामद गरि नष्ट गरेको हो। बरामद गरिएको प्रतिबन्धित कुखुराको चल्लालाई कुखुरा व्यवसायी सँघ बाराका प्रतिनिधि, पशु क्वारेन्टाईन चेक पोष्ट मटिअर्वा बारा, स्थानीय भद्रभलादमीहरुको रोहवरमा जिल्लाको प्रसौनी गाउपालिका वडा नं.२ दुधौरा खोलाको किनारमा खाल्टो खनी नष्ट गरीएको बाराका प्रहरी नायब उपरिक्षक रञ्जित सिँह राठौरले जानकारी दिए।
यसैगरी माघ ४ गते गते प्रहरी चौकी बसतपुरका प्रहरी तथा बारा कुखुरा व्यवसायी संघका कर्मचारीको संयुक्त टोलीले कलैया उप महानगरपालिका वडा न.१९ बसतपुर टोलबाट भारतबाट नेपालमा ल्याउन लागिएको .६९ हजार ३ सय बराबरको १ सय १० वटा तयारी प्रतिबन्धित ब्रोईलर कुखुरा बरामद गरि नष्ट गरेको थियो।
यसअघि गएको माघ ५ गते ईलाका प्रहरी कार्यालय कवहीगोठबाट खटिएका प्रहरी टोलीले बाराको सुवर्ण गाउपालिका वडा नं.३ जमुनिया टोलबाट ४१ हजार ५ सय बराबरको ८३ वटा तयारी ब्रोईलर कुखुरा बरामद गरि नष्ट गरेको थियो।
बारा महागढीमाई न.पा.वडा नं.१ स्थित पसाहा खोलाको किनारमा खाल्टो खनी पुरी नष्ट गरीएको ।त्यस्तै माघ ३ गते प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरी गस्ती टोलीले बाराको कलैया उप महानगरपालिका वडा नं.१० मटिअर्वाबाट ४४ हजार बराबरको ५ सय ५० वटा प्रतिबन्धित भारतीय कुखुराको चल्ला बरमद गरि नष्ट गरेको थियो।
कुखुराको चल्ला फेला पारेको हुँदा आज कुखुरा व्यवसायी सँघ बाराका प्रतिनिधि, स्थानिय पत्रकार, भद्र(भलादमीहरु समेतको रोहवरमा जिल्ला बारा महागढीमाई न.पा.वडा नं.१ स्थित पसाहा खोलाको किनारमा खाल्टो खनी पुरी नष्ट गरिएको छ।यसरी भारतबाट भित्रिने गरेको प्रतिबन्धित कुखुरा चल्लाहरुका कारण नेपालका बारा पर्साका कुखुरा ब्यावसायीहरु मर्कामा पर्दै अएका छन्।
प्रतिक्रिया