२३ पुस, वीरगञ्ज । बाराबाट प्रहरीले १३ वर्षदेखि फरार रहेका अंगभंग मुद्धाका प्रतिवादीलाई पक्राउ गरेको छ । बारा साविकको प्रष्टोका गाबिस ५ हाल प्रसौनी गाउँपालिका ५ बस्ने बैजनाथ साह तेलीलाई प्रहरी पक्रेको हो ।
बारा जिल्ला अदालतले २०६२ असार ०१ गते गरेको फैसला सदर हुने भनी सर्वोच्च अदालतले २०६८ जेठ २४ गते फैसला गरेको थियो । जिल्ला अदालत बाराले अंगभंग मुद्दामा दोषी ठहर गरी साहलाई २ वर्ष कैदको फैसला सुनाएको थियो । साह त्यसबेलादेखि नै फरार थिए ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले पुस २१ गाउँमै लुकीछिपी बसेको अवस्थामा साहलाई पक्राउ गरेको थियो ।
आइतबार बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा अदालतको आदेशले साहलाई तोकिएको कैद भुक्तानको लागि वीरगञ्ज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया