वीरगंज ४ माघ
वीरगन्जमा शुक्रबार देखि शुरु भएको तेस्रो अन्तर विद्यालय स्तरीय कबड्डी
प्रतियोगितामा विद्या सदन मावि कन्चनजंघा माावि र बिपिएस माविले विजयी
शुरुवात गरेका छन् ।
वीरगन्ज स्थित विपद व्यवस्थापन कार्यदलको खेल मैदानमा शुक्रबार देखि
आयोजित कबड्डी प्रतियोगिताको आ आफनो पहिलो खेलमा जित हात पार्दै विद्या
सदन कन्चनजंघा मावि र बिविएस माविले विजयी शुरुवात गरेका हुन् ।
उद्घाटन खेलमा छात्र तर्फ विद्यासदन माविले जिएच माविको (बी) टिमलाइ
पराजित गरेको हो ।
निर्धारित ४० मिनेटको खेलमा विद्यासदन माविले ८४ र जिएचपी माविको (बी)
टिमले ३५ अंक प्राप्त गरेको हो । विद्या सदन माविले जिएचपी माविको (बी)
टिमलाइ ४९ अंकले हराएको हो । उद्घाटन खेलको म्यान अफ दी म्याच , विद्या
सदनमाविका कप्तान फौवाद आलम घोषित भएका थिए ।
छात्र तर्फ नै भएको दोश्रो खेलमा कन्चनजंघा माविले जिएचपी माविको ए
टिमलाइ पराजित गरेको हो । निर्धाीरत समयको खेलमा कन्चनजंघाले ७९ र जिएचपी
ए टिमले १४ अंक प्राप्त गरेको हो । कन्चनजंघा माविले जिएचपी माविको ए
टिमलाइ ६५ अंकले हराएको हो । उक्त खेलको म्यान अफ दी म्याच कन्चनजंघका
दिलसाद आलम घोषित भए ।
शुक्रबार नै भएको छात्रा तर्फको खेलमा वीरगन्ज पब्लिक स्कुलको ए टिम
विजयी भएको छ । वीरगन्ज पब्लिक स्कुलको ए टिमले एन्जल इन्टरनेशनल
स्कुललाइ पराजित गरेको हो ।
वीरगन्ज पब्लिक स्कुलको ए टिमले ४२ अंक प्राप्त गर्दा एन्जल स्कुलले भने
१० अंकमै सिमित भयो । उक्त खेलको म्यान अफ दी म्याच वीरगन्ज पब्लिक
स्कुलको ए टिमकी श्रुति परियार घोषित भइन् ।
प्रतियोगितामा शनिवार छात्र र छात्राको गरि पाच वटा खेल हुनेछ । शनिवार
छात्र तर्फ गौतम मावि र मुन लाइट मावि , एन्जल इन्टरनेशनल डिएभी मावि तथा
जिएच पि माविको बी टिम र वीरगन्ज पब्लिक स्कुल बिच खेल हुनेछ । छात्रा
तर्फ भने शनिवार विद्यासदन मावि र गौतम मावि तथा कादम्बरी एकेडेमी र
वीरगन्ज पब्लिक स्कुलको बी टिम बिच खेल हुने प्रतियोगिताका संयोजक अमित
अग्रवालले जानकारी दिए ।
म्याक्स इन्टरटेन्मेन्ट एण्ड एड्भरटाइजिङले आयोजना गरेको कबड्डी
प्रतियोगिताको उद्घाटन राष्टिय जनता पार्टीका महासचिव राजेशमान सिंहले
गरेका थिए उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका
अध्यक्ष श्याम बन्जार जिल्ला खेलकुद बिकास समिति पर्साका अध्यक्ष निशान्त
लामिछाने लगायको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य
मर्टिन मोक्तानले दिनु भएको थियो भने कार्यक्रमको सहजिकरण हेमन्त
तामाङ्गले गर्नु भएको थियो । माघ ८ गते सम्म चल्ने प्रतियोगितामा छात्र र
छात्रा गरि वीरगन्जका विभिन्न नीजी विद्यालयका २० वटा टिमले भाग लिएका
छन् ।

प्रतिक्रिया