काभ्रेको पाचखाल नगरपालिकास्थित ईंटाभट्टामा काम गर्दै बाल श्रमिक । तस्बिर : श्रीराम
बनेपा : बारा जिल्लाका १३ वर्षे सुरन माझी कक्षा आठको पढाई छोडेर काभ्रेको पाचँखालस्थित ईंटाभट्टामा काम गर्ने गरेका छन् । परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण पढाई छोडेर ईंटाभट्टामा काम गर्न सुरु गरेको उनको भनाई छ ।
'कक्षा आठमा पढ्दै थिएँ, आर्थिक अवस्था कमजोर भएकाले आमाबुवा काम गर्न काभ्रे आउने भएपछि म पनि सँगै आए,' उनले भने 'पढ्न त मन छ, तर बुबा आमासँग पैसा नभएकै कारण पढाई छाडेर आमा बुबा संगै पैसा कमाउन आएको हुँ ।'
माझीजस्तै पाचँखाल–१२ का दश वर्षे देवराज दनुवार पनि र्इँटा बनाउने र लोड अनलोड गर्ने काम गर्छन । स्थानीय विद्यालयमा पढ्दै आएका दनुवार काम नभएको समयमा मात्र विद्यालय जाने गरेको बताउँछन् । 'पढाई खर्च जुटाउन र बुबाआमालाई दिनका लागि ईंटाभट्टामा काम गर्ने गरेको छु,' उनले थपे 'एक हजार इटा लोड गरेको तीन सय रुपैया पाउने गरेको छु ।'
दैनिक एक हजार देखि १५ रुपैयाँसम्म हुने गरेको छ । उनीजस्तै दैनिक दर्जौनौ बालबालिका विद्यालय छोडेर ईंटाभट्टाको काम गर्न बाध्य हुदै आएका छन् ।
माझी र दुवारजस्तै जिल्लाको ईंटाभट्टामा बालश्रमिकको संख्या बढ्दै गएको सरोकारवालाहरु बताउँछन् । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले बालश्रम न्यूनीकरणका लागि करौडौ रुपैया लगानी गरे पनि उनीहरुको लगानी बालुवामा पानी सरह भएको छ ।
ईंटाभट्टामा काम गर्ने अधिकांश विकट क्षेत्रका दलित, जनजाति, विपन्न र पिछडिएका समुदायका बालबालिका छन् । आर्थिक अवस्था कमजोर भएका बालबालिका पढाई छोडेर ईंटाभट्टामा आमाबाबुसँगै काम गर्न आउने गरेका छन् । मंसिरदेखि जेठसम्म ईंटा पार्ने र अन्य समय ईंटा लोड अनलोड गर्ने गरेका छन् ।
बाबुआमा भट्टामा काम गर्न जाँदा बालबालिका पनि सँगै लैजाने गरेकाले स्कुल जाने उनीहरु पढ्नबाट बञ्चित भएका हुन् । जिल्लामा बालबालिकासम्बन्धी काम गर्ने दर्जनौं गैरसकारी, सरकारी निकायहरुले ईंटाभट्टामा जाने बालबालिकालाई रोक्ने र पढ्न स्कुल पठाउने गरेको दावी गर्दै आए पनि प्रचारभन्दा अवस्था फरक रहेको सरोकारवालाहरु बताउछन् । अधिकासं बालबालिका १२ वर्षदेखि १७ वर्ष उमेरका छन् ।
वर्षको ६ महिना भक्तपुर, चितवन, मकानपुर, धादिङ र तराईका विभिन्न जिल्लाबाट काभ्रेको भकुण्डे, पाँचखालमा रहेका ईंटाभट्टामा छोराछोरी सहित काममा आउने गरेका छन् । 'वर्षमा ५ महिना मात्र काम गर्ने सिजन आउँछ, बालबालिकालाई छाडेर काममा जाउँ पकाएर खुवाउने मान्छे हुँदैन, नजाउँ बिहान बेलुकाको छाक टार्न मुस्कील पर्छ,' महाभारत गाउपालिकाकी कान्छीमाया लामा भन्छिन् ।
'छोराछोरी पढाएर सक्षम बनाउने रहर कसको हँुदैन र आर्थिक अवस्था कमजोर छ आपूm काम गर्न परिहाल्यो, छोराछोरीको हेरचाहा गर्न पाइँदैन त्यसैले संगै ल्याउने गरेको छु,' लामाले थपिन् 'छोरा र छोरी दुवैलाई गाउँकै स्कुलमा सात कक्षामा भर्ना त गरेको छु तर छ महिना यतै भट्टामा बसिन्छ, ६ महिनापछि घर जाँदा स्कुल त त्यसै छुट्ने नै भइहाल्यो ।'
भट्टमा काम गर्दै आएका अधिकांश बालबालिका कुपोषित छन् र उनीहरु विभिन्न रोगले आक्रान्त छन् । जिल्लाको पाँचखाल, भकुण्डे, सरमथली, सस्र्युखर्क, बिर्ता देउराली, पोखरीनारायण स्थान लगायतका ठाउँहरुबाट भक्तपुर ललितपुर जिल्लामा इटाभट्टामा जाने गरेका छन् । भने अन्य जिल्लाबाट काभ्रेका विभिन्न स्थान रहेका ११ वटा ईंटाभट्टामा सयौको संख्यामा बालबालिका काम गर्ने गर्छन् ।
प्रतिक्रिया