वीरगन्ज ०८ माघ
वीरगन्जमा आयोजित अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगितामा छात्र
तर्फको उपाधी वीरगन्ज पब्लिक स्कुलले जितेको छ ।
वीरगन्ज स्थित विपद व्यवस्थापन कार्यदलको खेल मैदानमा मंगलबार भएको फाइनल
खेलमा कन्चनजंगा माविलाइ पराजित गर्दै वीरगन्ज पब्लिक स्कुलले उपाधी
जितेको हो । निर्धारित ४० मिनेट समयको खेलमा वीरगन्ज पब्लिक स्कुलले ३८ र
कन्चनजंगाले ३५ अंक प्राप्त गरेपछि उपाधी वीरगन्ज पब्लिक स्कुलले जितेको
हो ।
छात्र तर्फ म्यान अफ दी म्याच वीरगन्ज पब्लिक स्कुलका अभिषेक दास घोषित
भएका थिए भने बेस्ट डिफेन्डर र बेस्ट कप्तान कन्चनजंगा माविका रितिक
पटेल, बेस्ट राइडर वीरगन्ज पब्लिक स्कुलका बिनय पंजियार, टुरनामेन अफ दि
प्लेयर कन्चनजंगा माविका दिपक गुप्ता घोषित भए । वीरगन्ज पब्लिक स्कुलले
उपाधी संगै नगद रु १५ हजार प्राप्त गरेका थिए । यसैगरि दोस्रो स्थानमा
चित्त बुझाएको कन्चनजंगा माविले नगद रु १० हजार प्राप्त गरेका थिए ।
यसैगरि मंगलबार नै भएको दोस्रो फाइनल खेलको प्रयिोगितामा छात्रा तर्फको
उपाधी भने विद्यासदन माविलेृ जितेको छ । छात्रा तर्फको फाइनल खेलमा
विरगन्ज पब्लिक स्कुललाइ २०–११ ले पराजित गर्दै विद्यासदन मविले उपाधी
जितेको हो ।
छात्रा तर्फको म्यान अफ दी म्याच विद्यासदन माविकी अलबिना खातुन घोषित
भएकी थिइन । वीरगन्ज पब्लिक स्कुलकी सिन्जु यादव बेस्ट डिफेन्डर र कलिना
चौधरी बेस्ट कप्तान घोषित भएकी थिइन । बेस्ट राइडर र टुरनामेन अफ दि
प्लेयर विद्यासदन माविकी रोशनी चौधरी घोषित भए । विद्यासदन माविले उपाधी
संगै नगद रु १५ हजार प्राप्त गरेका थिए । यसैगरि दोस्रो स्थानमा चित्त
बुझाएको वीरगन्ज पब्लिक स्कुलले नगद रु १० हजार प्राप्त गरेका थिए ।
समापन कार्यक्रममा म्याक्स इन्टरटेण्मेण्ट एण्ड एडभरटाईजिङ्गका संयोजक
अमित अग्रवाल र बिजित सोनीले रेफरीहरुलाई खादा ओडाएर सम्मान पत्र दिएका
थिए । संयोजक अमित अग्रवालले कबड्डी प्रतियोगितामा भाग लिएका १० वटा नीजी
विद्यालयलाई धन्यबाद समेत दिएका थिए भने कार्यक्रमको सहजिकरण हेमन्त
तामाङ्गले गर्नु भएको थियो । म्याक्स इन्टरटेण्मेण्ट एण्ड एडभरटाईजिङ्गको
आयोजनामा भएको प्रतियोगितामा छात्र र छात्रा गरि वीरगन्जका विभिन्न नीजी
विद्यालयका २० वटा टिमले भाग लिएका थिए ।

प्रतिक्रिया