बारा, ११ माघ । बाराको प्रसौनी गापाले निःशुल्क लोक सेवाको तैयारी कक्षा संचालनमा ल्याएको छ । प्रसौनी गापाले गएको बर्ष जस्तै यस बर्ष समेत निःशुल्क लोक सेवा कक्षा संचालनमा ल्याएको हो ।
प्रसौनी गापाका अध्यक्ष भोला गुप्ताले निःशुल्क लोक सेवा कक्षाको शुक्रबार उद्धघाटन गरेका हुन । निःशुल्क लोक सेवा कक्षा संचालनमा आएपछी सारकारी जागिरमा जान हौसला बढेको विद्यार्थीहरूले जनाएका छन ।
प्रसौनी स्थित बेंगा साह माध्यमिक विद्यालयमा संचालन हुने कक्षामा हाल सम्म ३७ जनाले आवेदन दिईएको गापाले जनाएको छ ।
खरिदार तथा नायब सुव्वा पदको लागि भइरहेको निःशुल्क लोक सेवा तैयारी कक्षा संचालन गर्न ४ लाख रूपैया बजेट विनियोजन गरिएको छ ।
प्रसौनी गाउँपालिकाका जनप्रतिनिधि आएदेखि शिक्षामा अत्याधिक लगानी गरेको गापा अध्यक्ष भोला गुप्ताले जनाए ।
गापाले शिक्षा क्षेत्र गरेको लगानीले थोरै भएपनी सुधार भएको तथा छात्राहरू समेत शिक्षामा आकषर्ण देखाएको गापाकी उपाध्यक्ष गीता साहले बताइन ।
प्रतिक्रिया