रौतहट । रौतहटका तीन स्थानिय तहले बालविवाह अन्त्यका लागि साझा प्रतिबद्धता गरेका छन् । जिल्लामा उमेर नपुगी विवाह गरिदिने चलन विरुद्ध गौर, राजदेवी र यमुनामाई नगरपालिकाले अभियान चलाउने भएका हुन् । बालविवाह रोक्न जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिने गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बताए ।
बालविवाह विरुद्धको अभियानमा साथ दिन गुप्ताले सबैलाई आग्रह गरे । उमेर नपुगी विवाह गरिदिँदा स्वास्थ्यमा विभिन्न समस्या आउनुका साथै ज्यान समेत जाने खतरा हुने भन्दै उनले सचेत रहन अभिभावकलाई सुझाए । जिल्लाका विभिन्न दलित, सुकुमबासी तथा मुस्लिम समुदायको बस्तीमा बालविवाहको समस्या छ । जिल्लामा बालविवाह विरुद्धको अभियानमा रेखा थापा फाउन्डेशनले सघाउँदै आएको छ । संस्थाका अध्यक्ष तथा नायिका रेखा थापाले गरीबी, अशिक्षा तथा विभिन्न समस्याले अभिभावकले सानै उमेरमा विवाह गरिदिने गरेको पाइएको बताइन् । बालविवाह विरुद्धको अभियानमा जुट्न उनले स्थानीय तहका जनप्रतिनिधहरूलाई आग्रह गरिन् ।
प्रतिक्रिया