वीरगंज, २० पुस ।
इलाका प्रहरी कार्यालय, ठोरी र प्रहरी चौकी बिजयवस्तीले ठोरी गाउँपालिका वडा नं. ४, विजयवस्तीको बिभिन्न स्थानमा लगाइएको गाँजाखेती फडानी गरेको छ ।
करीब १ कठ्ठामा लगाएको गाँजाको बोट फडानी स्थानीयको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
यसैगरी प्रहरीले भारतबाट नेपालतर्पm ल्याउदै गरेको ३५ किलो सुर्ती अलौबाट बरामद गरेको छ ।
त्यस्तै सखुवाप्रसौनी गा.पा.वडा नं.५, महुवन बस्ने वर्ष २९ को नरेशप्रसाद रौनियारले ना.३३.प.४२६९ नं.को मोटरसाईकलमा लोड गरी ल्याउदै गरेको ७६ हजार बराबरको सामान प्रहरीले जगरनाथपुर गा.पा.वडा नं.२ बाट नियन्त्रणमा लिई वीरगंज भन्सारमा बुझाएको छ ।
प्रतिक्रिया