पुष २४,
ठोरी गाउँपालिकामा रहेका सबै सामुदायिक माध्यमिक बिद्यालयहरुमा बिद्धुतिय हाजिरी लागू भएको छ।
गाउँपालिका कार्यालयले बिद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुको लागी बिद्धुतिय हाजिरी उपकरण उपलब्ध गराएपछि कार्यान्वयनमा आएको हो।ठोरी गाउँपालिकामा रहेका नेरा प्राविधिक मावि दीपकनगर,सरस्वती मावि गौतमनगर,नेरा मावि ओडार,श्री मावि विजयवस्ती र ज्ञान वाटिका मावि सुवर्णपुरमा हिजोदेखि बिद्धुतिय हाजिरी सुरु भएको छ।
गाउँपालिकाले पहिलो गाउँसभामा नै माध्यमिक बिद्यालयमा बिद्धुतिय हाजिरी गराउने भनी निर्णय गर्दै बजेट नै बिनियोजन गरेको भएपनि खरीद प्रक्रिया अघि बढाएको थिएन ।तर चालू आर्थिक बर्षमा भैपरी आउने शिर्षकमा छुट्टाइएको रकमबाट उपकरण खरीद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन लामाले जानकारी दिए।अधिकृत लामाका अनुसार प्रति उपकरण करीब २२ हजार का दरले ५ वटा उपकरण खरीद गर्दा करीब १ लाख १० हजार खर्च भएको छ।
बिद्धुतिय हाजिरी प्रणाली लागू गरिएपछि शिक्षकहरु नियमित समयमा बिद्यालय नआउने समस्या हट्ने गाउँपालिकाले बिश्वास लिएको छ।सामुदायिक बिद्यालयहरुमा शिक्षक अनुपस्थित हुने र बिद्यालय आईहालेपनि निर्धारित समयसम्म नबस्ने गरेको गुनासो बढ्न थालेपछि बिद्धुतिय हाजिरी लागू गरिएको गाउँपालिका अध्यक्ष पि.एल.श्रेष्ठले बताए ।उनले शिक्षाको गुणस्तर वृद्धि गर्न र बदलिँदो समय अनुसार प्रविधिमैत्री बन्न पनि बिद्धुतिय हाजिरी लागू गरिएको जानकारी दिए।उनले आगामी आर्थिक बर्षमा अन्य आधारभुत तहका बिद्यालयहरुमा पनि क्रमशः बिद्धुतिय हाजिरीको लागि गाउँपालिकाले योजना ल्याउने बताए ।
गाउँपालिकाले बिद्धुतिय हाजिरी गर्दाको शिक्षकको बिद्यालय आउने जाने समयको गाउँपालिका कार्यालयमा तथ्यांक राख्ने गर्द्छ।यधपी ईन्टरनेट नहुदा हाल बिद्यालयमा नै रेकर्ड रहने तर गाउँपालिका कार्यालयसम्म सोझै पुग्ने गरेको छैन ।
"सबै माध्यमिक विद्यालयहरुमा ईन्टरनेटको पहुँच पुर्याउन सेवा प्रदायकसंग छलफल भैरहेको छ"प्रमुख प्रशासकीय अधिकृत लामाले भने ,"छिट्टै नै हाजिरीको तथ्यांक सोझै कार्यालयमा रेकर्ड हुने व्यवस्था गर्छौं "
बिद्धुतिय हाजिरीको कार्य सकारात्मक भएको भएपनि बिजुली बत्तीको कारण समस्या निम्तिएको माध्यमिक बिद्यालयका प्रधानाध्यापकहरुले बताएका छन् ।बिजुली बत्ति नियमित नहुदा उपकरणको ब्याट्री ब्याक अप १ घन्टा भन्दा पनि कम रहेको श्री मावि विजयवस्तिका प्रधानाध्यापक नारायण लामाले बताए ।प्रविधिमैत्री हाजिरी अत्यन्त सकारात्मक भएको टिप्पणी गर्दै प्रधानाध्यापक लामाले अब ईन्टरनेट र बैकल्पिक बिद्धुतको गाउँपालिकाले व्यवस्था गर्न सके हाजिरी प्रभावकारी हुने बताए ।
प्रतिक्रिया