वीरगंज, २० पुस ।
वीरगंज महानगरपालिका वडा नं. १४ चिनीमिलको पूर्वपट्टि रहेको किरन प्लास्टिक उद्योगका एकजना मजदुरको मृत्यु भएको छ ।
रामगढवा निवासी मजदुर रम्भु पटेल मेशिनमा काम गर्ने क्रममा अल्झिएर मृत्यु भएको उद्योगका सञ्चालक रवीशंकर झाले बताए ।
उद्योगमा प्लास्टिकका भाडा, ग्यालन बनाउने क्रममा शुक्रवार बिहान ७ बजे मेसिन चलाउन जाँदा मेसिनमा कपडा अल्झेको थियो ।
घटनापश्चात वडा प्रहरी कार्यालय श्रीपुरले शवको पोस्टमार्टमको लागि नाउक्ष्Fे अस्पतालमा पठाएको छ ।
प्रतिक्रिया