वीरगंज , ११ माघ ।
पर्साको पर्सागढी नगरपालिकाका एक जना अपांगलाई एक कार्यक्रमका बिच रोटरी क्लब आफ बिरगंज मेटा्रेपोलिसले एक थान हवील चेयर प्रदान गरेको छ । पर्सागढी ५ हर्दिया टोलका हिरा माझीका नाती ८ बर्षीय रोहित माझीलाई क्लबले एक थान हवील चेयर सहयोग गरेको हो ।
बिगत लामो समय देखी हवील चेयरबाट बंचित गरीब अपांग बालकको बारेमा बिभिन्न सामाचर तथा सामाजिक संजालको माध्यमबाट जानकारी पाई क्लबले हवील चेयर सहयोग गरेको कलबका सचिव अनिल जयसवालले बताउनु भएको छ ।
कार्यक्रममा अध्यक्ष शशीरंजन कलवार पुर्ब अध्यक्ष संजय साह लगायतको उपस्थिती थियो । विपन्न माझी मुसहर समुदायका रोहितको घरमै पुगेर विभिन्न राहत सामाग्री हस्तान्तरण गरिएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।
प्रतिक्रिया