काठमाडौं– सरकार भ्रष्टाचारी जोगाउन लागेको भन्दै कठोर देखिएका संघिय समावादी फोरमका सांसद प्रदिप यादवले आफ्नो वक्तव्यको अन्तमा संसदमा सायरी सुनाएका छन् ।
सायरीमार्फत सरकारलाई कटाक्ष हानेका यादवले संसदमा भाषण गर्दै देशमा संस्थागत र नीतिगत भ्रष्टाचार मौलाएको बताए । यादवले नेपाल वायु सेवा निगमले खरिद गरेको जहाजमा व्यापक भ्रष्टाचार भएको देखिँदा पनि सरकार लेखा समितिको प्रतिवेदनमा गंभिर नदेखिनु संसदीय व्यवस्थामाथिको प्रहार भएको बताए ।
लेखा समितिले तयार पारेको प्रतिवेदनलाई अख्तियारमा नपठाउनु र मन्त्रीलाई चोख्याउने सरकारको प्रयत्नले संसदीय परम्पराको अपमान गरेको उनले आरोप लगाए ।
वाईडवडी प्रकरणमा दोषी देखिएका सबैलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान नगरे सरकार र संसदमाथिको जनविश्वास कम हुने भन्दै उनले एउटा उर्दु सायरी पनि सुनाए ।
यादवले सुनाएको सायरी:
लस्कर भी तुम्हारा है,
सरदार भी तुम्हारा है
तु झुटको सच बनादे,
सरकार भी तुम्हारा है
इस दौर कि फरियादी जाय तो कहाँ जाए ?
अखबार भि तुम्हारा है,
दरबार भि तुम्हारा है
यार अभि दिन भि तुम्हारा है,
तुम कुछ भि करलो
विपक्ष भि तुम्हारा सहारा है ।
प्रतिक्रिया