हेटौँडा, १९ पौष । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४, कर्रामा साहारा ग्याँस पड्किएर सोही ठाउँ बस्ने राम लामाको मृत्यु भएको छ भने उनका श्रीमती सुमित्रा भोम्जन तथा छोरा निशान लामा गम्भिर घाईते भएका छन् ।
गत पौष ९ गते एक्कासी साहारा ग्याँस लिक भएर पड्कदा गम्भिर घाईते भएका लामा, श्रीमती तथा छोरालाई उपचारको लागि भरतपुर पठाईएकोमा त्यँहा पनि उपचार नभएपछि काठमाण्डौँको किर्तिपुर अस्पतालमा उपचारको लागि पठाईएको थियो । तर, उपचारको क्रममा लामाको मृत्यु भएको छ भने श्रीमती र छोराको उपचार भैरहेको छ ।
प्रतिक्रिया