सिमरा, १७ पुष । इलाका प्रशासन कार्यालय सिमरा बारामा कार्यरत एक कर्मचारी १५ सय रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा स्थित टोलीले इलाका प्रशासन कार्यालय सिमरामा कार्यरत कम्प्युटर राज्य नारायण साहलाई १५ सय घुस लिंदालिंदै पक्राउ गरेको हो ।
साहले सेवाग्राहीसंग घुस वापतको रकम लिंदालिंदै रंगेहात पक्राउ परेका हुन् । उनलाई थप अनुसन्धानका लागि टोलीले हेटौडा लिएर गएको छ ।
प्रतिक्रिया