रौतहट, १५ पुस । कटहरिया नगरपालिकाले घोषणा गरेको एकदिने सार्वजनिक बिदा मेयर सियाराम कुश्वाहाले बिदा फिर्ता भएको जानकारी गराउनुभएकोे छ ।
मेयर कुश्वाहाले आइतवार एक प्रेस विज्ञप्ति जारी गरेर शनिवार कार्यकारी प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटाले जारी गरेको बिदाको सूचना रद्द गरिएको जानकारी गराउनुभयो ।
कटहरिया नगरपालिकाका मेयर रहेका कुश्वाहाले सर्वाेच अदालतबाट सफाइ पाएको खुशीयालीमा शनिवार एक विज्ञप्ति जारी गरेर आइतवार सार्वजनिक बिदाको घोषणा गरिएको थियो ।
कटहरिया नगरक्षेत्रभित्र रहेका सबै वडा कार्यालयहरू, विद्यालयलगायत नगर मातहतका सबै कार्यालयमा आइतवार सार्वजनिक बिदा हुने भन्दै शनिवार बिदाको सूचना जारी गरिएको थियो ।
मेयर सियाराम कुश्वाहाले आफू आउनुअघि नै कार्यकारी अधिकृत देवकोटाले विज्ञप्ति जारी गरेको र यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । सञ्चार माध्यमबाट नगरक्षेत्रमा आइतवार सार्वजनिक बिदाको घोषणावारे जानकारी पाएपछि आफ्नो ध्यान केन्द्रित भएको र बिदा रद्द गरी नियमित कार्यालय सञ्चालन गरिएको मेयर कुश्वाहले जानकारी दिनुभयो ।
आफूलाई सूचना नदिई घोषणा गरिएको सार्वजनिक बिदावारे छानबिन गरी दोषीलाई कारबाई गरिने मेयर कुश्वाहाले बताउनुभयो । कार्यकारी अधिकृत उदय देवकोटाले नगरपालिकाको कार्यवाहक मेयर नुरजहाँ खातुनको निर्णय अनुसार शनिवार बिदा घोषणा गरिएको जानकारी दिनुभयो ।
बिदा रद्द गरिएपछि नगरपालिका, वडा कार्यालयहरू, विद्यालयहरू नियमित सञ्चालन भए पनि केही सामुदायिक विद्यालय बन्द रहेको स्थानीयवासीले बताएका छन । काशी तिवारी हत्याकाण्डमा उच्च अदालत जनकपुर तत्काल वीरगञ्जले मेयर कुश्वाहालाई दोषी साबित गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएपछि गएको वैशाख २७ गते कामाडौंस्थित बाणेश्वरबाट सीआईबीको टोलीले उहाँलाई पक्राउ गरेको थियो ।
शुक्रवार सर्बाेच्च अदालतका न्यायधीश द्धय शारदा घिमिरे र डम्बर शाहीको इजलासले उक्त मुद्धाबाट सफाइ दिएपछि मेयर कुश्वाहा प्रदेश २ का नेकपाका अध्यक्ष पूर्वमन्त्री एवं संघीय सांसद प्रभु साहसहितको टोली शनिवार हेलिकप्टरबाट गृहनगर कटहरिया आएका थिए ।
झण्डै नौ महिना कारागार बसेर फर्किएका मेयर कुश्वाहालाई नगरवासीले स्वागत गरेका थिए । नगरवासीलाई सम्बोधन गर्दै मेयर कुश्वाहाले बिपक्षीको जालोबाट छुटेर आफूले नयाँ जीवन पाएको बताएका थिए ।

प्रतिक्रिया