वीरगंज १२ पुस । प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले समुदायस"ग मिलेर समाजमा विद्यमान विकृति र अपराध न्युनिकरण गर्दै जाने बताएका छन् ।
उनले स्वच्छता अभियानमा मात्रै नभएर विकृति र अपराधका कुराहरूलाई निराकरण गर्नका लागि समुदाय र प्रहरीबीच सहकार्यको आवश्यकता रहेको बताए ।
सडक सभ्यता अभिवृद्धिका लागि एलईडी टिभी हस्तान्तरण कार्यक्रममामा बोल्दै समुदाय प्रहरी साझेदारीबाट मात्रै समाजमा शान्ति सुव्यवस्था कायम गर्न सकिने धारणा राखे । 'सरसफाइ अभियानमा मात्रै होइन, सामाजिक विकृति र अपराध नियन्त्रणमा पनि समदायको सहकार्य आवश्यक पर्छ,' उनले भने, 'समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत समुदाय र प्रहरीबीचको खाडल पुर्दै जाने लक्ष्य हाम्रो छ ।'
सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले आदर्शनगरस्थिति ग्रिनसिटी सामुदायिकको कार्यालय अगाडि कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा एभरेष्ट हेल्थ ग्रूप पर्साका उमंग रानासरियाले प्रहरी नायब महानिरीक्षक पाललाई एक थान एलईडी टिभी हस्तान्तरण गरेको थियो ।
ट्राफिकलाई प्राप्त भएको एलईडी टिभी घण्टाघर छेउमा बनाईएको पार्किङ क्षेत्रमा ट्राफिक सम्बन्धी सचेतनामुलक सन्देश डिस्प्लेका लागि प्रयोग गरिने प्रदेश ट्राफिक प्रहरी प्रमुख, प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् ।
ग्रिन सिटी सामुदायिकका अध्यक्ष प्रकाश खेतानले समुदाय प्रहरी साझेदारी अन्र्तगत प्रहरी र समुदाय मिलेर विभिध कार्यक्रम भइरहेको जानकारी दिए ।
प्रतिक्रिया