वीरगंज, १५ पुस ।
उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पर्सा ३ बाट निर्वाचित सांसद हरिनारायण रौनियारको पद निलम्वित नभएको दाबी गरेका छन् । आइतवार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको एक प्रश्नमा संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवले सांसद रौनियार निलम्वनमा नपरेको बताएका हुन् ।
उपप्रधानमन्त्री यादवले रौनियार निलम्वित भएको जानकारी अहिलेसम्म नआएको बताउँदै मिडियामा आएका समाचार निराधार भएको दाबी गरे । ‘उहाँ निलम्वित हुनुभएको छैन । मंगलवारदेखि संसद बैठकमा जानुहुन्छ,’ यादवले भने, ‘मिडियाले त जे पनि लेख्छ । कसले पत्याउँछ र ।’
रौनियारको पद निलम्वनको वारेमा आफूले सभामुखलाई सोधेकोमा सभामुखले निलम्वित नभएको बताएको उपप्रधामन्त्री यादवले उल्लेख गरे । ‘यसवारेमा हामी संवेदनशिल छौं । अहिलेको कानूनी व्यवस्थाअनुसार उहाँको पद निलम्वन भएको छैन,’ यादवले सञ्चारकर्मीहरूसित भने । संसद सचिवालयले रौनियारलाई अहिलेसम्म निलम्वनको पत्र नदिएको दाबी यादवको छ ।
पप्पु कन्स्ट्रक्सनका संस्थापकसमेत रहेका रौनियार फोरमबाट निर्वाचित सांसद हुन् । बर्दियाको बबइ जब्दीघाट पुल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौनियारलगायत १२ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा हालेको छ । अख्तियारले मुद्दा हालेलगत्तै संसद सचिवालयले सांसद पद स्वतः निलम्वन भएको सूचना निकालेको थियो ।
अख्तियारले गत असोज १६ गते विशेष अदालतमा मुद्दा दायर गरेपछि अख्तियार दुरूपयोग अनुसन्धान ऐन र भ्रष्टाचार निवारण ऐनअनुसार पद स्वतः निलम्वन भएको सूचना संसद सचिवालयले निकालेको थियो । संसद नियमावलीको प्रावधानअनुसार रौनियारको पद निलम्वित नहुने दाबी यादवको छ ।
पत्रकार सम्मलेनमा बोल्दै उपप्रधानमन्त्री यादवले सरकारको नेतृत्व गरिरहेको दल नेकपासित संविधान संशोधनको शर्तमा आफूहरू सरकारमा सहभागी भएको भन्दै नेकपा आफ्नो प्रतिबद्धतामा इमानदार हुनुपर्ने बताए । सरकारले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन विभिन्न योजनाहरू ल्याएको उनले जानकारी दिए ।

प्रतिक्रिया