वीरगन्ज,१३ पुस ।
पर्सा जिल्लाका कर्मचारीहरुले कर्मचारी समायोजन अध्यादेश २०७५ फिर्ताको माग गर्दौ आज जिल्ला प्रशासन कार्यालय पर्सा घेराउ गर्दै एक घण्टा धर्ना दिएका छ्न ।
जिल्ला भरिका कर्मचारीहरुले १२ बजे देखि १ बजेसम्म प्रशासन कार्यालयको काम काज रोकि समायोजन अधयादेश फिर्ता गर भनी शान्तिपुर्ण विरोध प्रदर्शन समेत गरेका छन ।
उक्त प्रदर्शनमा नेपाल निजमती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरी, आधिकारिक ट्रेड युनियन, पर्साका अध्यक्ष सुबदार प्रसाद यादव, पर्साको सबै स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरु लगायतका कर्मचारी हरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया