वीरगंज, १२ पुस ।
जिल्ला प्रहरी कार्यालय, पर्साले भारु १ लाख हजारसहित एकजनालाई पक्राउ गरेको छ ।
तस्करहरुले अवैध रुपमा विदेशी मुद्रा वीरगंजको सिमा नाका हुँदै भारतको रक्सौल तर्फ लैजादै छ भन्ने सूचनाको आधारमा बुधवार प्रहरी टोलीले वीरगंज, वडा नं.–१६, शंकाराचार्य गेटबाट रक्सौल तर्फ जाँदै गरेका भारत विहार पश्चिम चम्पारण बेतिया जिल्ला थाना गौनाहा वडा नं.–७, बस्ने गोपाल भगतको छोरा बर्ष ३० को प्रदिप भगतलाई पक्राउ गरेको हो । उनको साथबाट भारतीय नोट रू.२०००।– दरको ४५ थान, रू. ५००।–दरको १६१ थान र रू.२०० दरको २ थान गरी जम्मा रू.१,७०,९००।– बराबरको भारतीय नोट फेला परेको जिप्रका, पर्साले जनाएको छ ।
प्रदिप भगतलाई आवश्यक कारबाईको लागि राजश्व अुनसन्धान विभाग, मध्य क्षेत्रीय कार्यालय पथलैया, बारा पठाइएको छ ।
प्रतिक्रिया