जनकपुरधाम, मंसिर ७ । मुख्यमन्त्री लालबाबु राउतले सूचनाको हक कार्यान्वयनमा सबैलाई प्रतिवद्ध हुनु पर्ने बताउनु भएको छ ।
राष्ट्रिय सूचना आयोगले आज जनकपुरमा आयोजना गरेको स्थानीयतहका जनप्रतिनिधि र प्रशासकीय अधिकृतहरुको लागि सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनु भएको हो ।
उहाँले सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउनुका साथै भ्रष्टाचार न्युनिकरण र पार्दशितामा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकोले सूचनाको हकलाई पूर्णरुपमा कार्यान्वयन गर्न स्थानीयतहका जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो । मुख्यमन्त्री राउतले सूचनाको हक कार्यान्वयनमा जनप्रतिनिधीभन्दा पनि राष्ट्रसेवक कर्मचारीहरुलाई अगाडी आउनु पर्ने उल्लेख गर्नु भयो ।
विगतको समयमा प्रदेश नं. २ भ्रष्टाचारको विषयमा धेरै बदनाम भएको उल्लेख गर्नु हुँदै उहाँले अवको दिनमा ती बदनामीलाई अन्त्य गर्दै प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी जनप्रतिनिधिहरुको काँधमा आएको स्मरण गराउनु भयो ।
उहाँले भ्रष्टाचार न्युनिकरणको लागि प्रदेश सरकारले सुशासन सम्बन्धि ऐन चाँडै ल्याउन लागेको उल्लेख गर्नु हुँदै ऐन आएपछि गडबडी गर्न खोज्ने जो कोहीलाई पनि कानूनको कठघारामा उभिनु पर्ने दावी गर्नु भयो ।
प्रदेश सभाले दुई तिन भित्रै करार ऐन पारित गर्न लागेको जानकारी गराउनु हुँदै उहाँले स्थानीय तहमा देखिएको कर्मचारी अभावको समस्या समाधान गरिने उल्लेख गर्नु भयो ।
आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा आयुक्त यशोदा तिमल्सिन्ना, किरण पोखरेलले सूचनाको हक सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश भरिकै स्थानीय तहका प्रमुख उपप्रमुख र प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया