बारा, ४ असोज । राजस्व घाटाको मारमा देश परेको बेला राजस्वमारा राष्ट्रिय
अपराधी तस्करहरुले बाराका प्रहरी उपरीक्ष्Fकलाई नजराना र सलामी दिनमा
व्यस्त छन् । प्रउ मीरा चौधरी जिल्ला आउने बित्तिकै तस्करहरुको हौसला र
उत्साह चरम सीमामा पार गरेको छ । प्रहरी सेवामा नाम कमाएकी प्रउ चौधरीको
छत्रछायामा अहिले बारा जिल्लामा व्यापक तस्करी भइरहेको जिल्लावासीको
गुनासो छ ।
जिल्लामा प्रहरी उपरीक्षकले पाइला टेक्दैमा सुरक्ष्Fाको प्रत्याभूति
हुने र निर्धक्क भएका जनताहरु तस्करहरुको भयले त्रसित छन् । देशको उत्तरी
सीमा जस्तै भारतसँग जोडिएको दक्ष्Fिणी सीमामा तस्करहरुको अहिले हरियो
चरगाह बनेको छ । दक्ष्Fिणी क्ष्Fेत्र सिम्रौनगढ, कचोर्वा, बसवरिया,
कवलपुर, रामनागरा, ढाँठ, पिपरपाती, कबही, मटिअर्वा, मुसहर्वालगायतका
नाका–उपनाकाबाट भन्सार छलि भारतबाट ल्याइएका सर्टिंग, सूटिंगका कपडा,
साडी नेपाल भित्रिरहेका छन् भने नेपालबाट भारततर्पm कालो मरिच, सिलपैक
रक्सी, केराउ, सुपारी, ल्वाङ, इलाइची, नेपाली कपडा व्यापक तस्करी भइरहेको
छ । यस कार्यमा प्रहरी र सशस्त्र प्रहरीको मिलोमितोमा दिनदहाडै तस्करी
भइरहेको छ ।
दैनिक उपभोग्यका सामान चामल, चिनी, मसला र साडी बिहे कार्यमा ल्याउँदा
प्रहरीले लाभ नदिने उपभोक्तालाई थुनेर राख्ने गरेको नाम नबताउने शर्तमा
एकजना सर्वसाधारणले गुनासो गरेका छन् ।
जिल्लाका नामूद तस्करहरुको नामावली लामो रहे तापनि केही तस्करहरु
लालबाबू कुशवाहा, मुन्ना साह, उमेश साह, भगवानपुरका सन्दिप जैसवाल
लगायतहरु तस्करीको अवैध धन्दामा अहोरात्र लागेका छन् ।
बारा जिल्ला तस्करीमा बदनाम भइरहेको बेला प्रहरी उपरीक्ष्Fक मीरा
चौधरीलाई भने यसबारेमा कुनै जानकारी नभएको बताइन् । उनले प्रहरी
सुरक्ष्Fा ठाउँ–ठाउँमा खटाइएको छ । यस्तो कुनै काम हुँदैन, थाहा पाएपछि
अवश्य कारबाही गर्ने बताइन् ।

प्रतिक्रिया