जनकपुरधाम, ४ असोज । मुख्यमन्त्री लालबाबु राउतले बिहीबार मालपोत कार्यालय धनुषाको निरिक्षण गर्नुभएको छ ।
मालपोत कार्यालयको कार्यसंपादन, सेवाग्राहीको समस्या र त्यसको समाधानबारे मुख्यमन्त्री राउतले जानकारी लिनुभयो ।
निमित्त कार्यालय प्रमुख मो. इजहाराले कार्यालयको कार्य सम्पादन बारे ब्रिफिङ गरेका थिए । कार्यालय अस्तव्यस्त रहेकोमा मुख्यमन्त्री राउतले तत्काल सुधार ल्याएर सेवा प्रवाहमा तिव्रता ल्याउन निर्देशन दिनुभयो ।
कार्यालयको शौचालय जीर्ण रहेको बताउँदै उहाँले तत्काल मर्मतसम्भार गरेर सफाईमा ध्यान दिन निमित्त प्रमुख इजहारालाई निर्देशन दिनुभयो ।
मुख्यमन्त्री राउतले सोभैm सेवाग्राहीको गुनासो सुन्दै तत्काल समाधान गर्नको लागि निर्देशन दिनुभयो ।
मुख्यमन्त्री मालपोत कार्यालयमा आउनुभएको सुइको पाएर सेवाग्राहीको भिड लागेको थियो । मालपोत कार्यालयमा काममा हुने गरेको ढिलाई प्रायः सेवाग्राहीको गुनासो थियो ।
काममा तदारुकता ल्याउन पहलको लागि सेवाग्राहीले मुख्यमन्त्री राउतसमक्ष आग्रह गर्नुभयो ।
प्रतिक्रिया