लालवन्दी जेसीजले एक दिने संसदिय वैठक पद्धति सम्वन्धी तालिम संचालन गरेको छ । उपाध्यक्ष जे.सी. सुदर्शन थपलियाको संयोजकतव र संस्थापक अध्यक्ष जे.सी. किरण घिमिरेको अध्यक्षतामा तािलम संचालन भएको थियो । लालवन्दी न.पा. ७ मा रहेको होटल नमस्तेको सभा हलमा सम्पन्न भएको तालिमको प्रमुख अतिथी मातृ शाखा चन्द्रपुर सिटि जेसीजका संस्थापक अध्यक्ष वालकृष्ण श्रेष्ठ हुनुहुन्थ्यो । चन्द्रपुर सिटि जेसिजका वर्ष २०१८ को अध्यक्ष अनन्तराज अधिकारी, हेटौडा जेसीजका वर्ष २०१७ का अध्यक्ष जेसी सिनेटर अरुण कुमार दाहालको विशिष्ट अतिथ्यतामा कार्यक्रम संचालन भएको हो । तालिमले संसदीय वैठक प्रणाली, जेसीज अभियन्ताको वैठक पद्धति र प्रकृयाको वारेमा प्रयोगात्मक प्रशिक्षण भएको कार्यकारीणी उपाध्यक्ष जेसी मनोज बख्रेलले जानकारी दिनुभयो ।
प्रमुख प्रशिक्षक सिनेटर अरुण कुमार दाहालले दिनुभएको प्रशिक्षण लगभग ४ घण्टा चलेको मिडिया संयोजक जेसी कोमलहरी गौतमले जानकारी दिनुभयो ।
स्थापना को करिव १ वर्ष हुन लागेको यस संस्थाले नेतृत्व र व्यक्तिव्व विकास गर्ने संस्था रहेको र समाज सेवा पनि गर्दै जाने स्वागत मन्तव्यका क्रममा कार्यकारीणी उपाध्यक्ष जेसी श्याम कुमार खड्काले वताउनु भयो । तालिम उपलब्धीपुर्ण वनेको सहभागिहरुको दावी रहेको छ । तालिममा मातृ शाखा चन्द्रपुर सिटि जेसीजले ग्वावेल प्रदान गरेको थियो भने आयोजकका तर्फबाट मायाको चिनो, खादा र व्यानार संस्थापक अध्यक्ष जे.सी. किरण घिमिरेल सौजन्य प्रदान गर्नु भएको महासचिव जे.सी. सरोजवावु न्यौपानेले वताउनु भयो ।
प्रतिक्रिया