२२ साउन, वीरगञ्ज । गर्भपतन मुद्दामा दोषी ठहर भई ९ वर्षदेखि फरार एक
व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले बारा विश्रामपुर गाउँपालिका–५ का रामअवध साह कानुलाई समातेको हो ।
बारा जिल्ला अदालतले गर्भपतन मुद्दामा रामअवधलाई १ वर्ष ६ महिना कैद
फैसला गरेको थियो । उनी फरार रहेका कारण ०६६ पुस ३० मा अदालतले गरेको
फैसला कार्यान्वयन हुन सकेको थिएन ।
जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले रामअवधलाई साउन २१
गते पक्राउ गरी बारा जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागी वीरगञ्ज
कारागारमा पठाईएको छ ।
त्यसैगरी, प्रहरीले बाराबाट चाँदीका गरगहनासहित अर्का एक व्यक्तिलाई
पक्रेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–१ बस्ने वर्ष २१
को निरञ्जनकुमार सर्राफ रहेका छन् ।
बाराको प्रसौनी गाउपालिका–१ स्थित कलैया वीरगञ्ज सडक खण्डमा वीरगञ्जबाट
कलैयातर्फ जाँदै गरेको ना.२६ प.३८५ नं.को मोटरसाईकल रोकी चेकजाँच गर्दा
चालक निरञ्जनको साथबाट चाँदीका गरगहना फेला परेको बारा प्रहरीले जनाएको छ
।
निरञ्जनको खल्तीबाट अवैध ४ सय ९७ ग्राम चाँदीका तयारी गरगहना फेला
पारिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक
रञ्जित सिंह राठौरले जानकारी दिए । चाँदीको बजार मूल्य अन्दाजी १५ हजार ६
सय २४ रुपैयाँ रहेको अनुमान गरिएको छ ।
उनलाई आवश्यक कार्वाहीको लागि मूल भन्सार कार्यालय वीरगञ्जमा बुझाइससकेको
बारा प्रहरीले जनाएको छ ।
त्यसैगरी, प्रहरी चौकी मटिअर्वाको टोलीले अवैध चोरी निकासी गर्दै गरेको
अवस्थामा ५ वटा गोरु नियन्त्रणमा लिएको छ । बाराको फेटा गाउँपालिका– ५
स्थित सडकमा नेपालबाट भारततर्फ चोरी निकासी गरी लैजाँदै गरेको ५ वटा गोरु
फेला पारेको थियो । वीरगञ्ज भन्सार कार्यालयको रोहबरमा गोरुहरु ५ हजार १
सय मा लिलाम बिक्री गरिएको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया