वीरगन्ज,साउन २२
विभिन्न सरोकारवालाहरुको मांग र चासोलाई मध्यनजर गर्दै वीरगन्ज महानगपालिकाको बिशेष नगर सभाद्धारा कर पुनरावलोकन सम्बन्धी विभिन्न एजेन्डाहरु पारित भएका छन । वीरगंज नगर सभागृहमा मगंलबार बोलाइएको बिशेष नगर सभाका बहुमत सदस्यहरुले प्रस्तुत एजेन्डाहरु पारित गरेका हुन । स्थानीय सरकार संचालन ऐन बमोजिम नगर प्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा सम्पन्न वीरगंज महानगरपालिकाको नगर सभामा प्रमुख प्रशासकीय अधिकृत डा भीष्मकुमार भूसालले प्रस्तुत गर्नुभएको करशुल्क,महशुल,दन्ड,जरिवानाका परिमार्जित दरहरुलाई नगर सभाले पारित गरेको हो ।वीरगंज महानगरपालिकाको कार्यपालिकाको १६ गतेको बैठकको निर्णय बमोजिम गठित समितिका सदस्यहरुले प्रस्तुत गरेको अवधारणाहरुलाई सोमबारको कार्यपालिकाको बैठकमा छलफल गरी निर्णय भए बमोजिमको प्रस्तावनालाइ नगर सभामा उपस्थित १सय ४४ सदस्यहरु मध्ये ९४ सदस्यहरुको बहुमतद्धारा पारित गरिए प्रमुख प्रशासकिय अधिकृत डा भीष्मकुमार भूसालले बताउनु भयो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख विजय कुमार सरावगीले वीरगंजको विकासको लागि दलगत स्वार्थ भन्दा माथि उठेर बिकासको कार्यमा सबै जनप्रतिधिहरु लागनु पर्ने धारणा व्यक्त गर्नु भयो ।उहांले विरगंज महानगरपालिकाको दोश्रो नगर सभाले निर्धारण गरेको करको बारेमा वस्तविकता भन्दा बढी राजनितिकरण गरिएको बताउदै दाजनितिक दल ,पेशागत संगठनहहरु,वीरगन्ज उधोगवाणिज्य संघर अन्य सरोकारवालाबाट आएको रायसुझावलाइ विशेष नगर सभामा प्रतुत गरिएको बताउनु भयो ।
कार्यक्रमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत डा भीष्मकुमार भूसालले विगतमा वीरगंज महानगरपालिकाले जनतासामु गुमाएको विश्वासलाई पुनस्र्थापित गराउनु पर्ने अहिले मुख्य दायित्व रहेको बताउदै उहांले यो आर्थिक बर्षलाइ महानगरपालिकाले आत्मनिर्भरताको बर्ष,आर्थिक तथा प्रशासनिक अनुशासनको बर्षको रुपमा स्थापित गराउन महानगर प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।
नगर सभामा प्रस्तुत गरिएको करसम्बन्धी संशोधित एजेन्डाहरुमा सम्पति कर प्रयोजनार्थ निर्धारण भै जारी गरिएको जग्गाको न्युन्तम मुल्यांकन गर्दा मालपोत कार्यालय पर्साले लागु गरेको रजिष्ट्रशन पारित प्रयोजनार्थ निर्धारण भै जारी गरेको जग्गाको न्युन्तम मुल्याकन पुस्तिकामा उल्लिखित करको दररेटमा ३० प्रतिशत कम गरी निर्धारण गरिएको छ,भने व्यवसायीक करका विभिन्न थप स्ल्याबहरु परित गरी साना व्यवसायीलाइ राहत दिने खालको व्यवस्था गरेको छ । संघ सरकारले निर्देशन दिएका करहरु जस्तै वातावरण ,सडक मरम्मत हरहरु स्थगीत गरिएका छ भने डन्डी तथा सिमेन्टमा लगाइएको कर खारिज गरिएको छ ।महानगरले यस अगावै नक्सा पास नगरी वनाइएका घरहरुको नक्सा पास गर्ने समयावधि अन्तिम पटकका लागि २०७५असार मसान्तसम्म रहने व्यवस्था गरेको छ ।साथै अस आर्थिक बर्षमा बढि सम्पति कर तिरिसकेको व्यक्तिहरुलाइ आगामि आर्थिक बर्षमा मिन्हा दिने निर्णय समेत गरिएको जनाइएको छ
प्रतिक्रिया