बारा : करैया गाउँपालिकाको काटँघाट मन्दिरमा जल चढाएर फर्किने क्रममा
निजगढस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा आइतबार पाँच
वर्षीय बालकको मृत्यु भएको छ। रौतहट खेस्रैयाका रामवचन यादवका छोरा
अमितको मृत्यु भएको हो। काटँघाट महादेव मन्दिरमा जल चढाएर फर्किँदै गर्दा
ना ४ प २५०५ नम्बरको मोटरसाइकलमा बाबु र आमा अनितादेवीसँगै रहेका अमित
पछाडिबाट आएको ना २९ प ३३६८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर
घाइते भएका थिए। उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय
निजगढले जानकारी दिएको छ। दुर्घटनामा बालकका बाबु र आमा र ठक्कर दिने
मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका रातोमाटेका ५० वर्षीय सन्तलाल दोङ
र श्रीमती कान्छीमाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
असुरक्षित यात्रा बोलबम मेला भर्न जानेहरूले असुरक्षित यात्रा गर्ने
गरेको पाइएको छ। ट्याक्टरको टेलरमा उभिएर क्षमताभन्दा बढी यात्रु बोक्ने
गरेको छ। मोटरसाइकलमा पनि तीन जनासम्म चढेर मन्दिर जाने गरेको पाइएको छ।
विभिन्न सवारी साधनको छतमा बसेर यात्रुहरु मन्दिरमा पुग्ने गरेको पाइन्छ।
तीर्थयात्रीलाई ट्राफिक प्रहरीले पनि कडाइ नगर्ने कारण बोलबमका क्रममा
हरेक वर्ष दर्जनौँ सवारी दुर्घटना हुने गरेको छ।

प्रतिक्रिया